Posted by: Deep October 30, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

"गल्ती लेखेँछु अङ्रेजीमा चैं म फयल भाको दीप चैं नेपालीमा। "

ठिकै छ, म एक्लै फेल भा भे पो पीर। हामी दुईटै फेल रे, झन रमाईलो। अब ट्युसन पनि सँगै जानु पर्छ। कम्बो मास्टर खोज्नु पर्छ, अङ्ग्रेजी र नेपाली दुईटै पढाउने अनि त भै गो नी।

फेल पासको कुराले सम्झें --- परीक्षाको बेला थ्यो। दिन परेको थ्यो गणितको। परीक्षा सकेर गौशलामा एक दुई जना साथीहरु सँग यसो चिया तान्दै थिएँ, बानेश्वरको एउटा साथी आयो। उ निर्धक्क देखिन्थ्यो। चिया पनि मगायो, चुरोट पनि। पूर्णाङ्कलाई पछार्ने गरी गरेछ क्यारे हिसाब साथीले भनेर सोधें "आजको त भयंकर राम्रो गरीस जस्तो छ नी?" उस्ले लामो सर्को तानेर भन्यो "आजको त चिन्तै छैन, अरुमा चै भन्न सक्दिन, यो हिसाबमा चै ढुक्क भो।" "गज्जब गरीस?" मैले फेरी सोधें। "गज्जब नी, ३२ मा पास हुने, मैले २० जतिको गरेर आ छु? अब के को चिन्ता गर्नु?"

DeEp

(यो अग्लो "इ" चै दीपको ज्वाला हो है)

 

Read Full Discussion Thread for this article