सहयोग गर्नु न गर्नु वैयक्तिक कुरा हो। जहाँ सम्म डा आचार्य को सवाल छ, उनले जानी न जानी अपराध गरेकाछन र अहिले जेल को रुखिसुखी खाँदै छन। तर सोचनिय कुरा के छ भने डा आचार्य लाई बिरानो देश कै चिसो छिडी मा मर्न दिने कि न दिने भन्ने कुरा हो। यदी यहाँको जेलबाट निकाल्न सकियो भने देश निकाला गरिन्छ नै। त्यसको मतलब अब उनले सिकेको बिद्या नेपाल मै उपयोग गर्ने बाहेक अर्को बिकल्प रहन्न। यसमाने पनि सहयोगी हातहरु अघी बढ्नु पर्दछ।
जहाँ सम्म राष्ट्रले गरेको लगानी को कुरो छ, राष्ट्रले नै यसको ब्यबस्था गर्नु सक्नु पर्दछ। हामीले बिदेशमा अध्ययन गर्ने बेलामा ७ बर्ष राष्ट्र को सेवा गर्छु भनेर कबुलियतनामा गरेकाथियौं। अध्ययन सकेर स्वदेश फिर्ता हुंदा तिनै निकाय सँग सेवा गर्ने अबसर खोज्यौं तर हात लाग्यो सुन्य। काम नै दिन नसक्ने ले काम गर्नु पर्छ भनेर बोण्ड गराए।
जानी नजानी आतंककारी हत्यारा हरुको संस्था, वेब साइट लाई चन्दा दिनु भन्दा डा आचार्यको लागि गर्नु बेश हुन्छ। दिने न दिने तपाईं को खुशी हो।