Posted by: Deep October 30, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

rajug,

"malai pani Suveksha ko aagman herna man lagya chha..."

मन त लाग्ने नै भो नी प्रभो -- तर के गर्नु उ नआउन्जेल पर्खिनै पर्यो। पर्खिने धेरै आउने उ एक्ली परेर धेरैको हिसाब बिग्रेला जस्तो छ ---

हौसलाको लागि धन्यबाद।

 

nakkali108 ,

"College मा अर्को सेक्सनका केटाहरुलाई ३ च  (चीया, चुरोट, चप) भनेर खुब जिस्काईन्थ्थो..."

अनि आफ्नै सेक्सनका युबकहरुलाई चै ३ स (सम्मोहन, स्पर्शानुभुती, सहभाव) ले हुरुक्कै पार्ने गर्या थियो की? हे राम नी --

jira ,

"bangay lay colombo plan nai milaidyo ki :-)"

बाङ्ग्या प्लानको त के कुरा गराई भो र प्रभो? हाडीगाउलेहरुको प्लान त बुझेकै छ नी प्रभोले पनि --त्यस्तै हो --मिनोसोटाको जाडोमा ज्यान रन्काउनेहरुको कथा पनि यसो जाओस न -- जिरा भनेर लेख्न नमिल्ला--ठिकै छ-- हिरा भनेर पेल्दिम न ---- हँ प्रभो?

kHusHii,


त्रि-खित्काको लागि धन्यबाद। नेस्ट्याम चारवटा पुगे छन भने परगती भा बुझ्न पर्ला केरे--

cheli ,

"sakieko ho???? "

खै अब सकिएको भनम् भने बाँकि छ, बाँकि छ भनम भने चुक्ता भैसक्यो भन्छन अरे -- यस्तै छ।

fucheketo,

"बाङ्गे आयो बाङ्गे आयो ।।।।साझामा फेरि बांगे आयो ।।।।।।"

लंगुर बुर्जाको खालाँ पुलिस आ जसरी नारा लार प्रभोले झन्नै गोटी र खाल च्यापेर मन्दिर पछाडी हामफाल्न पुग्या म ---

pjna007,

" ehe college ni jane garya raicha :P"

के सारो हेपेको हो --आम्मामामा!  कलेज त हामी नौ कक्षा पढदा देखि नै जान थालेको -- बेलै देखि प्याउटीस गरे पो ट्याउटीस लाउछ पर्या बेलाँ भनेर --

Birkhe_Maila,

"लौ न प्रभु, अन्तरध्यान भैद्या?"

प्रभो--हामी जस्ताले कहाँ अन्तरध्यान हुन पाउनु? मध्यान्तरमा समेत काम गर्नु परीरा छ झन ---

nAyAni,

"Sel roti khana laagnu bhayo ki dheusi khelna janu bhayo? Dherai din bhayo arko bhag ta aayena ta. Akha tattai sake herda herda. "

अब "दीप, म कहाँ देउसी खेल्न आउ सेल रोटी पनि खान दिम्ला" भन्या भए त्यस्तो आँखालाई बल पर्दैनथ्यो नी -- सेल रोटी ख्वाउन चै गार्हो मान्ने -- अनि काँ हुन्छ -- जता बोलाथे उतै जानु परेन?

नाममा दुईटा चैं हलक्क हुर्क्या "ए" रछन -- के अर्थले होला नी नारन!

spirit ,

"Deep ji Suvekcha lai  nai leyera hidya jasto cha.."

आहा! कस्तो राम्रो बिचार आउने मन रछ --


 

 

 

Read Full Discussion Thread for this article