Posted by: तिका: October 30, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     2       ?         Liked by

नेपाल सम्बतका बिरोधि भैयालोग, आपका अपना गौरवशाली सम्बत ना होनेके लघुताभाष है । नेवार लोग तो चालाख है, उनने नेपालसम्बतको बचानेके लिए संघर्ष किया और उसिमेँ गौरव किया । यह न्यूज देखो ।

--------------------------

ठाउँ ठाउँमा मनाइयो

इटहरी- नेपाल सम्वत् ११२९ का अवसरमा सुनसरीको धरान र इटहरीमा विभिन्न जाति, जनजाति एवम् समुदायका मानिसले एकआपसमा शुभकामना आदानप्रदान तथा जातीय वेशभूषामा सजिएर र्‍याली पर््रदर्शन गरी मनाएका छन् ।

आआफ्नो जातीय, वेशभूषा र बाजागाजासहित सहभागी भएकाहरुले एकआपसमा हर्षोल्लासका साथ नेपालको मौलिक नयाँ वर्षाई खुसियाली साटेर मनाएका छन् । धरानमा झी ः पुचको संयोजनमा आयोजना गरिएको नयाँ वर्षमनाउने क्रममा युवाले मोटरसाइकल र्‍यालीको समेत पर््रदर्शन गरे ।

यसैगरी विभिन्न वर्ग र समुदायका मानिसले धरान नगरको परिक्रमा गरी एकआपसमा नया“ वर्षो शुभकामना साटासाट गर्दै नेपाल सम्वत्लाई चलनचल्तीमा ल्याउनुपर्नेमा जोड दिए ।

इटहरीमा पनि बृहत् र्‍याली पर््रदर्शन गरिएको छ । नेवाः पुच इटहरीको संयोजनमा भएको नेपाल सम्वत् मनाउने कार्यक्रममा पनि विभिन्न समुदायका मानिसको सहभागिता थियो ।

धादिङ ः झिगु नेवाः समाजद्वारा धादिङबेसीमा भिन्तुना र्‍यालीको आयोजना गरियो ।

नेवारी वेशभूषामा सजिएका नेवा समुदायको सहभागिता रहेको सो र्‍यालीमा नेवारी बाजा बजाउने र एकसयभन्दा बढी मोटरसाइकलको समेत संलग्नता थियो ।

बजार परिक्रमापश्चात् बीचबजार चोकमा आयोजना गरिएको समापन कार्यक्रममा मानवअधिकारवादी विष्णुपुकार श्रेष्ठ र झिगु नेवाः समाजका अध्यक्ष कृष्णकुमार श्रेष्ठले नेपाल सम्वत्लाई सरकारले राष्ट्रिय सम्बत्का रुपमा मान्यता प्रदान गरेकामा धन्यवादज्ञापन गरेका थिए ।

प्ार्सर्ाा सरकारले नेपाल सम्बत्लाई राष्ट्रिय सम्वत्को मान्याता दिएको खुसियालीमा नेवा समुदायले सदरमुकाम वीरगञ्जमा र्‍याली निकालेका छन् ।

नेवा खलः पर्सर्ााे आयोजनामा सो र्‍याली निकालिएको थियो ।

उर्लाबारी ः नेपाल सम्वत् ११२९ को अवसरमा आज मोरङको उर्लाबारीमा र्‍याली पर््रदर्शन गरिएको छ ।

नेवार समाज उर्लाबारी र शाक्य समाज उर्लाबारीद्वारा संयुक्तरूपमा सो र्‍यालीको आयोजना गरिएको हो ।

सो र्‍यालीपश्चात् नमुना म्हः पूजासमेत गरिएको नेवार समाज उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

सोही अवसरमा मोटरसाइकलसहितको र्‍यालीले उर्लाबारी बजार परिक्रमा गरेको थियो ।

बाबियाचौर-म्याग्दी) ः नेपाल सम्वत् ११२९ सुरुआतको नेवारी समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । नेपाल भाषा मङ्का खलः र नेवा राष्ट्रिय मुक्तिमोर्चा म्याग्दीले नेपाल सम्वत् ११२९ का अवसरमा सदरमुकाम बेनीबजारमा र्‍याली निकालेका थिए ।

साथै सो अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले राघवदेवको शासनकालमा आफूले कमाएको सम्पत्तिले सम्पर्ूण्ा ऋणीको ऋण मिनाहा गरेर असल कामको सुरुआत गरेकाले नेपाल सम्वत्लाई कुनै जाति विशेषका रूपमा मात्र नलिई सबैको साझा संस्कृतिका रूपमा लिनुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका थिए ।

भीमफेदी ः नेपाल सम्बत् ११२९ नषँ वर्षा उपलक्ष्यमा नेपाल भाषा खलः मकवानपुरद्वारा आज हेटौँडामा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ ।

उक्त मोटरसाइकल एवं ध्वजापताले सजावट गरिएको झाँकीसहितको र्‍याली हेटौँडा नगरपालिका क्षेत्रमा आज परिक्रमा गरी स्थानीय नेपाल भाषा खलः मकवानपुरको सभागृहमा पुगेर विर्सजन गरियो ।

यसैबीच नेपाल भाषा खलः मकवानपुरद्वारा आज हेटौँडामा एक कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा संविधानसभा सदस्य प्रल्हादराज लामिछानेले राष्ट्रको धर्म, दर्शन, संस्कृति, नेपाल सम्बत्, प्राचीन कलाको सर्म्बर्द्धन गर्न सबै जाति एवं समुदायको समन्वय, समझदारी र सहिष्णुताको आवश्यकता छ भन्नुभयो ।

सो अवसरमा नेवारी भाषाका ज्ञाता छत्रबहादुर कायस्थले नेपाल सम्बत्ले राष्ट्रिय मान्यता पाउँदा नेपालको स्वाभिमान अझ वृद्धि भएको छ भन्नुभयो ।

श्री कायस्थले स्थानीय देबु नेवारी मासिक पत्रिकाको पनि आजै हेटौँडामा विमोचन गर्नुभयो ।

-------------------------

कुछ समझमै आया?

Read Full Discussion Thread for this article