Posted by: Deep October 29, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

धन्यवाद ज्ञापन तिर पनि लाग्नु पर्‍यो यसो एक छिन। 

miss_ me,

"आज भोली  हउर्ले कबितालेख्न छोडेको हो?"

पोर परारै कबिता कम्ती लेखिएन नी नारन! तर आफुले उ बेलाँ लेख्या कबिता अचेल अर्कैले घोक्छ अरे अनि फेरी पोर परारै अर्कैले लेख्या कबिता अचेल आफुले घोकिएला भनेर कता कता च्यास्स हुन्छ। डर घोक्नेको हैन पाठ बुझाउन पर्ला कि भनेर हो। एक दुईटा कबितामा मन त छ बसेको लेखी हाल्न चै भ्याको छैन।  

***
अनि अमिरन र बब्ली रिसा त होइन होला नी?

***

Birkhe_Maila,

"हाहाहाह त्यो जमाना याद आयो!"

याद आउने भनेकै त्यै चिप्ल्या जमानाको त हो त जिम्माल, भोलीको याद आजै आउन थाल्यो भने त खत्तम भएन?

"अनि जिप्पर आजकल कत्तिको बिग्रन्छ प्रभोको?"

म पनि प्रभोलाई यही सोधम भन्दै थिएँ।  खाली निउँ मात्रै फरक त हो नी, कसो प्रभो? अनुभवी प्रभोलाई हाम्ले केही भनम "झ्याँक्ने, ईन्द्रलाई स्वर्गको बयान?" भनेर प्रश्नको बज्रमा परीएला कि भन्ने डर लाग्छ। :)  

अब पैले पैले एउटा ठाउँलाई मालधारा भन्थे अरे -- धेरै मालहरुले नुहाउने भएर -- तर प्रभोले आफ्ना  दुतहरु सहित त्यै धारा हुँदी अनबरत रुपमा बिचरण गर्न थालेसी त्यो धारा तिर सुन्दरीहरुलाई जान काल जस्तो लाग्न थाल्यो अरे। धाराँ दुतमात्रै फेला पर्ने हुन कि स्वयम यमराज नै आउने हुन भनेर बालाहरुको कोमल मनमा कोलाहल मच्चेको रे। अन्त धाराको नाम नै कालधारा हुन पुगेको अरे भन्थे।

*~Spring~* ,

"lol bange puran aayecha. Daami cha ."

के दामी हो? पुरान कि पण्डीत?

harikancha ,

"deep ko sabai katha ko silent reader ho........."

जय होस प्रभो। साइलेन्ट रिडर भन्या मन्मनै पढ्ने भन्या हो कि? त्यसको मजा बेग्लै है प्रभो? म पनि सुन्दरीहरुको साईलेन्ट रिडर हो नी पैला पैला -- साइलेन्ट रीडिङको अनुभव छ म सँग पनि। :)

साईलेन्ट रिडर भए सम्म त ठिकै हो प्रभो, क्लोज्ड रिडर भन्या आँखा बन्द गरेर पढ्ने क्या त्यस्तो भैयो भने पो मार्यो त।

Neural ,

"Waiting for Shubhechhya's aagman"

खै प्रभो, उही बेला देखी लाईनाँ लाग्नेहरुको त -----अब यती बेला आएर वेइटिङ फोर आगमन भनेर के होला र?

अरुहरुलाई मैले बिर्सेंको छैन। फेरी आउँछु, आभारका फुलहरु लिएर। 

 

Read Full Discussion Thread for this article