Posted by: Geology Tiger October 27, 2008
आज लक्ष्मी जयन्ती...................
Login in to Rate this Post:     0       ?        

 

हरेक बर्ष झै यो बर्ष पनि लक्ष्मी जयन्ती आयो, आज महाकबिको स्मरण गरियो, शायद श्रद्दाका सुमनहरु पनि चडायिएका होलान कतै कतै। आज महाकबिको रचना सुनियो रविन शर्माको स्वरमा " कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो? कुन सामाग्री पूजा गर्न साथ कसरी लाने हो?" गीत सुनेर एक क्षण भाबबिभोर भइयो, मनमनमा सोचे "यो कस्तो स्वार्थी संसार है? यहाँ कसैलाई कसैको मतलब छैन, हरे यो दुनियाँ को लागि केही गरिएन है?"
भोलीदेखी उही नित्य चर्या सुरु हुने छ, मानिसहरुको घाऊमा मलम लगाउने होइन बरु तिनिहरुलाई कसरी घाऊ लगाउने सोच्नु पर्ने छ, किनकि तेसो गरिएन भने त आफू अगाडि जानै सकिदैन नि।

 

Read Full Discussion Thread for this article