Posted by: Birkhe_Maila October 27, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

सबैलाई जदौ!

 

ठुल्बुइनी आइन आँगन

हिराको टप मागन

हे औँशीबारो गाइ तीहार भैलो


चेलीनानी आइन आँगन

घरमा बिदा मागन

हे औँशीबारो गाइ तिहार भैलो


माइलिबुडि आइन आँगन

कटनको फरिया मागन

हे औँशीबारो गाइतिहार भैलो


सान्नानी आइन आँगन

सुनको सिक्री मागन

हे औँशीबारो गाइतिहार भैलो


दीपीका आइन आँगन

नेपालबाट छिटो भागन

हे औँशीबारो गाइतिहार भैलो


पुन्टे बुडा आए आँगन

झरेको कपाल मागन

हे औँशीबारो गाइतिहार भैलो


ठूल्दाई आए आँगन

असलि मम मागन

हे औँशीबारो गाइतिहार भैलो


चिप्ले आए आँगन

दोलालघाटे माछा मागन

हे औँशीबारो गाइतिहार भैलो


हर्के आयो आँगन

बङ्गुरको सेकुवा मागन

हे औँशीबारो गाइतिहार भैलो


लहरे आयो आँगन

पद पोजिसन मागन

हे औँशीबारो गाइतिहार भैलो


बिस्टे आए आँगन

घरबाट फुर्सद मागन

हे औँशीबारो गाइ तिहार भैलो

:पि :डि

 

Read Full Discussion Thread for this article