Posted by: Geology Tiger October 27, 2008
Why 'true love' always hurts???
Login in to Rate this Post:     1       ?         Liked by

 

यो थ्रेड र यस्को रचयिताप्रती  मेरो निरन्तरको लगाबमा मलाई साथ दिनु हुने spoken, kHusHii, kishnekale, MRITIUNJAYA, kalke, kali, sahayog, rockend र haawaa सबैलाई मेरो साधुबाद! हुनत संसारमा कुनै एक शब्द जस्को बारेमा सबभन्दा बदी लेखिएको छ। जस्को बारेमा सबभन्दा बदी चर्चा हुन्छ, त्यो के हो भनेर सोध्यो भने सबैको एउटै जवाफ आउला, प्रेम, माया, love । तर पनि हामी सधैं भरी येसकै पछी हुन्छौ। कोही प्रेम गरेर एस्को पछी हुन्छन भने कोही यो के हो? भनी जान्न येसको पछी हुन्छन। हुन त म प्रेमको पन्डित होइन तर पनि येसको बारेमा चर्चा गर्न मन पराउछु र यो शायद अहिलेको मेरो अवस्थाले गर्दा पनि भएको होला।
हुन त प्रेम जस्ले जस्तो भोग्छ तेस्तै रुपमा बर्णित हुन्छ। मैले कहाँ हो एउटा कथा पढेको थिए, हात्तीको बारेमा। चार जना अन्धाहरुमध्ये एउटाले पुछ्छर समातेर डोरी जस्तो हुन्छ भनेछ, अर्को ले कान समातेर नाङ्लो जस्तो तेस्तै तेस्तै, जस्ले प्रेममा धोखा खाएको छ उस्को लागि प्रेम केबल एउटा धोखा होला, कसैको लागि एउटा स्वर्गिय आनन्दको अनुभुती होला, तेस्तै तेस्तै, र मेरो लागि यो एउटा प्रयास हो, यो एउटा समर्पण हो, यो एउटा संघर्स हो, सफल हुनु नहुनु त्यो पछीको कुरा हो। तर haawaa जिलाई (हुन त म जिको प्रयोग धेरै गर्दिन, मलाई आफु भन्दा सानालाई त र आफु भन्दा ठुलालाई हजुर भन्न मन पर्छ, अनी आफ्नो दमौलीका साथीहरुलाई चाँही त त र म म गर्न, तर पनि अहिलेलाई येही जि कै प्रयोग गर्छु) पनि त्यही सुझाब दिन्छु जुन मैले spoken दाइलाई दिएको थिए प्रेमको बारेमा थाहा पाउन पहिले प्रेम गरेर हेर्नु पर्छ। भनिन्छ नि पौदी खेल्न सिक्नको लागि पानी मा हाम्फाल्नु पर्छ। तर पनि मनमा लागेको एउटा कुरा साचो प्रेम या true love भनेको चाँही कुनै चाहना र स्वार्थ बिनाको निस्वार्थ माया नै हो।


र अहिलेलाई 


 

Last edited: 27-Oct-08 12:14 AM
Read Full Discussion Thread for this article