Posted by: shirish October 26, 2008
मनोज गजुरेल फेसबुकबाट
Login in to Rate this Post:     0       ?        
I thought it was very intelligent so I pasted them here from comedian Manoj Gajurel from Facebook.
 
'पैसा दुःखको कारण हो भने, त्यो पैसा मलाई दिनोस् र सुःखी रहनोस् ।'

'यदी माया आगो भएको भए, अहिलेसम्म म जलेर खरानी भईसक्थें ।'

'ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् ।'

'कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ।'

'ह्याङ्ओभरबाट मुक्त हुने एउटै उपाय हो, ननस्टप रुपमा भटिटमा बसेर पिईरहनु ।'

'आफैंले गर्नु नपरे असम्भव भन्ने संसारमा केही पनि छैन ।'

'रक्सी एक मन्दबिष हो ।' कसलाई हतार छ र ।'

'तपाईको भविश्य सपनाले निर्धारण गर्छ, सुत्न जानोस् ।'

'यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।'

'एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।'

'मेरो हजुर'बा यति पुरानो मान्छे कि उहाँको पालामा इतिहासलाई समसामयीक बिषय भनिन्थ्यो ।'

'हवाईजहाज दुर्घटनाहुँदा ब्ल्याकबक्स केही हुँदैन भने सिङ्गै जहाज ब्ल्याक बक्स बनाए भै गयो नि ।'
Read Full Discussion Thread for this article