अरुका आँखाले आफु लाई हेर्न छाड्दा
खगेन्द्र संग्रौला
दुई
महिनाअघि बालुटावार दरबारतिर फर्केर एउटा कथा लेखूँ भन्ने लागेको थियो ।
उसो त कथाको शीर्षक फुरिसकेको पनि थियो- प्रधानमन्त्री कमरेड प्रचण्डको
राजसी पलङ । तर मनको पाटीमा यो विद्रूप कथ्यले संरचनाको भनेजस्तो आकारै
लिन सकेन । त्यसैले अहिले मनमा उकुसमुकुस भएको भाव यहाँ कोरा गद्यमा पोख्न
बसेको छु ।
कथा माओवादी
महलका प्रथम पुरुष कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछिको हो । त्यो बेला
सबैका आँखा उनमाथि थिए । अन्यायपूर्ण यथास्थितिमा आपुनो वैभव विलास र
ठालुपनको सुरक्षा देख्नेहरु हुनुसम्म अताल्लिएका थिए । विद्रोहको आँधी
बोकेर आएको प्रचण्डले बिताउने पो हो कि उता विाचत र परित्यक्तहरुका आँखामा
भने आशाको मधुरो दीप बलेको थियो । कांग्रेस र एमालेले केही लछारेनन् । तै
तै ुकि गरिछाड्यो कि मरिछाड्योु भनेर विद्रोहको आगो बाल्ने प्रचण्डले केही
गर्लान् कि ?
(more…)