Posted by: chanaa_tarkaari October 25, 2008
अनौठो पत्रकारीता,
Login in to Rate this Post:     0       ?        


नेपालको पत्रिकाको हेडलाइनहरु हेर्नुस, त्यहाँ सरुवा बढुवा देखि लिएर मन्त्रीहरुले हगेको पादेको भन्नलायक समाचार पनि मनग्य छापिन्छ, लाग्छ मानौ तिनिहरुसित छाप्न योग्य कुरा नै छैन ।

तर अहिले नेपालको मन्त्रीमण्डल बैठकबाट गरीएको नेपालसम्बतलाइ राष्ट्रीय सम्बत मान्यता दिने निर्णय भने प्राय: समाचारमाध्यमले बहिष्कार गरे झै गरेका छन । कतै कतै यसलाइ मन्त्रीमण्डल वैठकमा सेना समायोजन सम्बन्धी कुरा नमिलेको प्रसंगको मुन्तिर छुस्स घुसाइएको छ । (हेर्नुस http://www.nepalnews.com/archive/2008/oct/oct24/news09.php) आम सञ्चार माध्यमले गरेको यो निकृष्ट पक्षपात हो कि होइन ?

के देशको एउटा विशिष्ट मौलिक पक्ष समेटेर सर्वजन हिताय सर्वजन सुखाय को उदार भावनालाइ प्रतिविम्वित प्रचारीत गर्ने तथा व्यापक जनजिविकामा भिजेको सम्बतलाइ राष्ट्रीय सम्वतको मान्यता दिने कुरा न्यूज भ्यालु नै नभएको मन्त्रीमण्डल स्तरको निर्णय हो ? आम सञ्चार माध्यम तथा राज्यको चौथो अंग दावि गर्ने सञ्चार कर्मिहरुको यो ब्यवहारले तिनीहरुमा गढेर रहेको घृणित पुर्वाग्रहलाइ छ्याङ्ग पारेको छ ।

Read Full Discussion Thread for this article