Posted by: focusnepal October 24, 2008
माओवादी सेना समायोजन समितिबारे नयाँ विवाद
Login in to Rate this Post:     0       ?        

October 24, 2008

माओवादी सेना समायोजन समितिबारे नयाँ विवाद

Filed under: समाचार


माओवादी सेना समायोजन र पुन:स्थापनका निम्ति गठन गरिने विशेष समितिबारे प्रमुख दलहरुबीच नयां विवाद उत्पन्न भएको छ।

यसअघि दुई दिन स्थगित भई शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले पनि चार मुख्य दलहरुबीचको विवादकै कारण समिति गठन गर्न सकेको थिएन।

बिहीवार सहमति जुटाउन भएको चारदलको बैठकमा माओवादीले आफूले दावी गर्दै आएको समितिको नेतृत्व छाड्नु परेमा समितिमा अन्य दलभन्दा आफ्नो एकजना सदस्य बढी राखिनु पर्ने प्रस्ताव अघि सारेको नेताहरुले जनाएका छन्।

(more…)

आजीवन डेरामा

 घर नभएकाहरुलाई डेराु सबैभन्दा प्यारो वासस्थान हो । मासिक केही हजार तिरेर बस्न पाउने व्यवस्था कामको खोजीमा विस्थापित हुनेहरुका लागि ठूलो राहत हो । सहरमा डेरा हुन्नथ्यो त धेरै कमको सपना सहरसँग जोडिन्थ्यो होला । डेरामा बस्ने प्रायको घरभेटीसँगको नमीठो साइनो हुन्छ । काठमाडौंका डेरावासीको मात्र कथा लेख्ने हो भने हजारौँ पुस्तक प्रकाशित हुन सक्छन् । त्यसैले हामीले एउटा सदावहार डेरावासी नेता भेट्यौँ ।
हुन त डेरावासी नेताको लामो लिस्ट बन्न सक्छ हामीकहाँ । तर हामीलाई त्यस्ता नेताको खोजी थियो जोसँग डेरालाई घर बनाउने सामथ्र्य थियो तर उसलाई डेरा नै बढी प्यारो थियो । (more…)

Last edited: 24-Oct-08 03:53 PM
Last edited: 24-Oct-08 03:55 PM
Read Full Discussion Thread for this article