Posted by: chanaa_tarkaari October 24, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     0       ?        

Geology Tiger जु,

नेपाल सम्बतको कुरा जातभात सित सम्बन्धित कुरा होइन, र नेपाल सम्बतलाइ संस्कृति हो भन्ने बुझाइ पनि गलत छ । नेपाल सम्बतअनुसार पहिलो महिनाको पहिलो दिन नेपाल सम्बतको नयाँ वर्ष मनाउने चलन अन्य सम्बतको नयाँ वर्ष जस्तै सामान्य चलन हो । हाम्रो तिहार चाड त्यसै सम्बतको वर्षान्तरमा पारेर मनाइन्छ । ती चाडबाडहरु संस्कृति हो, तर सम्बत नै संस्कृति कसरि हुन्छ र ? सम्बत र संस्कृति दुइ फरक कुराहरु हुन । सम्बत समयको मापो हो, संस्कृति त्यो मापोमा आधारीत क्रियाकलाप ।

माथि उल्लेख गरेको निर्णयलाइ मैले जनतालाइ उल्लु बनाउन नेताहरुले गर्ने हर्कतको रुपमा लिएको छैन । किनभने यसअगाडि मन्त्रीमण्डलको बैठकमा नेपाल सम्बतलाइ राष्ट्रीय सम्बत घोषणा गरी त्यसलाइ लागु गर्नको निमित्त कार्यदल गठन गर्ने निर्णय गरेको मलाइ थाहा छैन । नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वा:लाइ बिभुति घोषणा गर्ने निर्णय मन्त्रीमण्डलबाट पारीत भयो, तर नेपाल सम्बतको विषयमा हालसम्म कुनै ठोस निर्णय भएको थिएन । न मान्यता दिइन्न भनियो, न मान्यता दिइन्छ भनियो । त्यसैले नेपाल सम्बतलाइ मान्यता दिलाउने अभियान जारी नै रह्यो । बरु गिरीजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले एउटा सभामा नेपाल सम्बतलाइ छिटै सरकारी काम काजमा प्रयोग गर्ने तर्फ अघि बढ्ने र प्रधान मन्त्रीको लेटरप्याडमा नेपाल सम्बत पनि उल्लेख गर्ने बताएका थिए । सरकारी उच्च ओहदाको ब्यक्तिले सार्वजनिकरुपमा स्पष्ट ब्यक्त गरेको उक्त वाचाले धेरैलाइ प्रफुल्लित बनाएको थियो, तर आधिकारीक निर्णय भएको भने थिएन । प्रधानमन्त्रीको लेटरप्याड कस्तो हुन्छ कहिल्यै देख्न नपाएको हुँदा उनले उल्लु बनाए कि साँच्चै लागू गरे, त्यो मलाइ थाहा भएन ।

ब्यवहारीक प्रयोजनमा नेपालसम्बतले अप्ठेरो श्रृजना गर्ला भन्ने तपाइको जुन आशंका छ, मेरो पनि छ । नेपालसम्बत लागू गर्ने निर्णय जसले गर्छ, उसले यो आशंकाको प्रश्नलाइ सामना गर्नै पर्छ । यो सरकारले त्यो प्रश्नको सामना गर्ने हिम्मत देखाएको छ, जसको म तारीफ गर्छु । यस्तो प्रश्न नउठ्ने र खाली सम्बतै मात्र साटफेर गरे पुग्ने भए नेपाल सम्बतको पक्षमा २७ - २७ बर्ष आन्दोलनरत रहनु पर्ने अवस्था नै आउने थिएन होला । आशा गरौ यो कार्यदलले हामी सवैको आशंका मेट्न सक्दो प्रयास गर्ला ।

नेपाल सम्बतको बारेमा कुरा गर्दा विक्रम सम्बतलाइ मुछ्ने वा दाँज्ने चलन छ । मलाइ त्यसमा रुचि छैन । विक्रम सम्वतले करीव १०० वर्ष नेपालमा सरकारी मान्यता पायो तर साँस्कृतिक मान्यता पाएन । विक्रम सम्बतमा आधारीत साँस्कृतिक चाडपर्वहरुको न्यूनताले त्यहि अर्थ दिन्छ । सम्भवत विक्रम सम्बतमा आधारीत चाडलाइ दशैतिहार भन्दा धुमधामले मनाउनेहरु नेपालमा म र मेरो पुर्खौलि क्षेत्रबाट बसाइ सरेर गएका हरु मात्रै होला । त्यो बेग्लै कुरा छ, तर बिक्रम सम्बतको असान्दर्भिकतालाइ तेर्साएर नेपाल सम्बतको गरीमामाथि प्रश्न उठाउने प्रयास अमिल्दो छ । खास समस्या के हो भने महेन्द्रमालीय बिचार पढेर हुर्केको हाम्रो पुस्ताले नेपाल सम्बतको बारेमा यथेष्ट जानकारी हासिल गर्नै बाँकि छ । जति जति जानकारीहरु उपलब्ध हुँदै जान्छन त्यति त्यति यी कुराहरु प्रष्ट हुँदै जान्छन ।

maaila ju,

In its 27-28 years long struggle, there was never a strike or Nepal banda demanding the national recognition. There were peaceful demonstrations and a lot of creative social contributions such as blood donation etc. which were organized together with the movement of demanding national recognition for the Nepal Sambat. The utmost democratic and non-violent movement is the essence of this long-survived movement what I call the evidence of struggle in a highly civilized society. You have to review this whole process from the beginning thoroughly before making a superficial comment and articulate a question if other people will do strike on the similar tread.

The next point, as you wrote - we are going back to the old ages like before Prithvi Narayan Shah united Nepal - is also not logical. What do you mean by the old age? Nepal Sambat is just 1129 years old. AD is 2008 years old. Nepal Sambat is relatively newer than many of other calendars in use. As I mentioned before, there have been efforts to distort the essence of Nepal Sambat projecting it as the Sambat of certain community, repeatition of your words along the same line intends to support the malicious intention. It is rather better to correct your opinion and recognize the Nepal Sambat as the common entity of all nepalese.

राहुलभाइ,

विचारको लागि धन्यवाद


सवैलाइ
नेपाल सम्बत नयाँ वर्ष ११२९ को शुभकामना सहित

Read Full Discussion Thread for this article