नक्कलीज्यू,
थुप्रै पाठकहरुको मनलाई छोएको यस कथामा लेखनका दृष्टिले कथानक, अभिव्यक्ति र शैली लगायतका थुप्रै सशक्त पक्षहरु छन् । त्यसमा कुनै सन्देह छैन ।
तर कथान्त र यसमा निहित दर्शनको बारेमा म यस्सै भन्न सक्दिन ।
कुरा के भने कथाले एउटा गहन अस्तित्वपरक प्रश्न (existential question ) को उठान गरेको थियो । तर त्यसको उत्तर (resolution) भने पर्याप्त खोज (inquest) बिना फ्यास्स दिईएको देखिन्छ ।
ध्वस्तता पछि पुन:र्निर्माणको प्रश्न आउँछ, नियती स्वीकार गर्नुभन्दा पहिले । तर यस कथामा भने पुन:र्निर्माणको अवधारणा डरलाग्दो गरी दमित छ ।
पेशाको नर्क र घरको स्वर्ग बीच एउटा पुन:निर्माणको शिविर हुनसक्छ । हुनसक्छ के, हुनैपर्छ । अर्जुन पात्र उद्धारको सजिलो परीकथाको राजकुमार होईन पुन:निर्माणको कठोर यथार्थकथाको सह-लगानीकर्ता हो, हुनुपर्छ । स्वद्धारित, स्व-पुन:र्निर्मित, बोध प्राप्त गरेकी र मायाको न्याय माग्न आएकी छोरीलाई जतिसुकै विवस/पतित बाबुका हातहरुले पनि अँगालो हालेर नरुन सक्दैनन् ।
नियती जीवनको प्रचुर यथार्थ हो, अवश्य । विद्रोह विरल निर्णयहरु हुन्, जसले जे भने पनि । किन्तु, ती दुवै भन्दा अगाडी आउने/आउनै पर्ने एउटा कुरा हो - खोज । विकल्पका खोज, मार्गका खोज । त्यसपछि आउँछ तराजु र जोखाई । अनि मात्र उत्तर ।
अहिले यत्ति मात्र राखें ।
सप्रेम,
नेपे