Posted by: Birkhe_Maila October 23, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

माइली बुढि संग राम्री बन्न खोज्दा ध्यान दिनु पर्ने कुराहरु यस प्रकार छन्-

१) राम्रि बन्न जानु भन्दा करिव एक हप्ता अगाडि देखि, एउटा बिग्रेको रेडियो २४ घन्टा खुल्ला राखेर सुन्ने प्राक्टिस गर्नु पर्दछ।

२) करिव एक हप्ताजति कसैले प्रहार गरेमा आत्मरक्षा गर्ने तालीम लिनु पर्दछ।

३) जस्तो चाउरी र थोती बुढिलाई पनि मुसुक्क हाँसेर सुन्दरी भन्ने बानि बसाल्नु पर्दछ, नत्र तरिका नम्बर २ लागु हुने सम्भावना रहन्छ।

४) जे भने पनि हो हो भन्ने बानि बसाल्नु पर्दछ, नत्र तरिका नम्बर १ लगाएको लगायै गर्नु पर्दछ।

५) राम्री बनिसकेपछि ऐना हेर्नु हुँदैन, नत्र आफैँ तर्सेर कराउने सम्भावना रहन्छ।

धन्यवाद।

 

Read Full Discussion Thread for this article