Posted by: Rahuldai October 22, 2008
!! षड्यन्त्र! !!
Login in to Rate this Post:     1       ?         Liked by

षड्यन्त्र
भाग २

प्राइमाफेसि को आधारमा भन्नु पर्दा यो षडयन्त्रको सुत्रधार मुकुन्दश्याम् नै हुन्, सन्देह छैन। अझ भनुं person of interest उनै हुन्। किन कि यो भाँडभैलो बाट् फाइदा हुने वा फाइदा लिने ब्यक्ति मुकुन्द श्याम मात्रै  हुन्।  मेरो मन मा पनि पहिलो शंकाको डंका तिनै ले बजाए।

त्यो घट्ना को गाइगुइ चलेको भोलिपल्टै सिर्जना बहिनी श्रीमानजीको साथ बिभाग आइन्।  शायद इन्टर्नेट भएको एक मात्र कक्ष भएकोले होला, जो कोइ पनि बिभाग आउदा म लगायत अन्य २ इन्जिनियर बस्ने कक्षमा हाजिर् हुने चलन थियो। इमेल-फिमेल् चेक गर्ने निहुमा पनि। घट्ना को बेलिबिस्तार महानिर्देशकज्यूमा दिन आएकिरैछन्। मनमा खुल्दुलि थियो नै अनि औपचारिकता पनि, सोध्न करै लाग्यो।

"के भएको सिर्जना? कसरी गडबड भयो?"
 
"त्यो सब मुकुन्दश्यामको चाल हो। सोझो केटी भनेर उसले नै गरेको हो।" रीस नाकै मा टल्केको स्वरबाट झल्केको देखिन्थ्यो।

"किन कसरी? घट्ना के भयो, बिस्तारमा सुनाउ न।" मैले चिया मगाउदै अग्राह गरें।

यो गडबड २-४ ओटा मेल को खेल रहेछ।  १ महिना अघि त्यो बिश्व बिद्यालयको ग्राजुयट आडमिशन अफिस् मा एुटा मेल गएको रहेछ। जसमा लेखेको रहेछ-
 Thank you for selecting me  for master's program  in .... Engineering. But I am sorry to inform you that I will not be able to join the university due to my personal reasons and I would like to consider my selection valid for next year.
 
sincerelyyours

sirjana......

त्यसको २ दिन मै फेरि अर्को मेल गएको रहेछ। जसमा तिनै कुरा दोहर्‍याइ थप अर्को एक मह्त्वपूर्ण कुरा लेखिएको रहेछ।

As I have mentioned in my previous mail, I will not join the university this yrea।  I am not ready to leave my 2 and half year baby for a long time. I would like to request you to grant admission to my fellow colleague Mr. Mukunda Shyam who is in the waiting list.

 
यहाँ निर मुकुन्द श्याम को चर्तिकलाको भनक अनि छनक देखियो। त्यसैले ठोकुवा गरेकी रैछन्, मुकुन्द श्याम अपराधी भनेर।

यही दुइवटा इमेलको आधारमा युनिभर्सिटीले मुकुन्दश्याम लाई अफर लेटर पठाको रहेछ।

"अनि कसरी थाहा पाउनु भयो त मुकुन्द श्याम तपाइको सट्टा जान लागेको भनेर?" मैले नि जासुसि प्रश्न तेर्सै दिएं।

"एक हफ्ता अगाडी अब भिसा लिने टाइम भयो भनेर भिसाको लागि के कस्तो डकुमेण्ट चाहिन्छ र आउने दिन बारे सल्लाह माग्न मेल गर्दा त म झसङ्गै भएं।"
"you have already been replaced by Mr. Mukunda Shyam as per your request- भनेर पो मेल आयो"

"कस्ले मेल गर्‍यो त ? फेरि त्यो मेल तपाईकै हो भन्ने यकिन कसरी गर्‍यो त खैरेले?"  अझ एक कदम अघि बढ्दै मैले सोधें।

"त्यो मेल , मैले पठाको हुदै होइन। मेरै एकाउण्ट जस्तो अर्को एकाउन्टबाट् पठाको।"

 भएको के रहेछ भन्दा, सिर्जनाको मेल एकाउण्ट सिर्जना एट मेल डट कम् थियो भने त्यो छदम भेषि मेल पनि सिर्जना एट् मेल डट कम तर sirjana को ठाउंमा sirijana रहेछ।

खैरे-खैरेनी पनि गोर्खालीको चालमा माथ भएछ।

तर मैले चिनेको मुकन्द श्याम त्यस्तो ष्डयन्त्रकारि छदैं छैन। फेरि तिनको पोस्टिङ् पनि दुर्गम् जिल्लामा त्यतिबेला, फोन र फ्याक्स त मुश्किलले लाग्थ्यो। इमेल सिमेलको कुरै छैन। समयाबधि को कुरा गर्दा घरिघरि घर आइरहन नमिल्ने बेला। 

मुख्य कुरा त मुकन्द श्याम को नियतको कुरा हो। उसलाई चिन्ने बुझ्ने हरकोइलाइ थाहा थियो, मुकुन्द श्यामले त्यो अपराध गर्ने त के कुरा सोच्न पनि सक्दैन। मलाई यिनै कुराले अझ गहिरेर अनुसन्धान गर्न मन लाग्यो। पक्का ठुलो षडयन्त्र भएको छ। कसले किन गर्‍यो बुझ्न मन लाग्यो र मुकन्द श्याम को घरमा फोन लगाएं।

क्रमश:

Read Full Discussion Thread for this article