Posted by: shabanam October 22, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

ओ हो दीप, इ हि हि हि, हाम्लाइ सम्झिने रैछन्त ।   म यति खुशी छु कि, लाज पो लाग्यौ हो ss । इ हि हि हि ।

छ नि, अस्तिन हाम्लाइ भेट्नु वर्नु छोड्ने भनेर ग'को हैन ? हाम्रो मन कस्तो दुखेको थियोन्त होss। अनि छ नि !!! हाम्रो मनको राजा दीपले हाम्लाइ बाल नदिने रैछ जस्तो लाग्यो के ss । राम्रो राम्रो लेख्ने मान्छे भर हुन्न भन्थ्यो हाम्रो बजुले । अनि मलाइ चौतारी आउन मनै लाएन के ।

अनि छ नि त्यो बिर्खे बुढाले मलाइ के के थरि लेख्योन्त । हैन ? यस्तो सोबर दीपलाइ त गुण्डा जस्तो रे क्या !!! प्याच्च हानुँ जस्तो लाग्ने के !!! इ हि हि हि । त्यो मर्नु नसकेको बुढा भनेर सरापेर बसेकोन्त । बुढो बाजे हामी नुहाउने ठाउँमा सपै लुकि लुकि हेर्ने रैछ बाबै । छ्या !!!!

आजु त म एकदम खुशी छु है, नाचुम नाचुम लागेको छन्त । दीपले सम्झिने रैछ, यति भए के चाहियो । मेरो मनको भित्रीदिल देखि स्वस्ति टक्राउछु ल !!! अरु सबैलाइ सलाम भन्छु ल !! बिर्खे बाजेलाइ चै सलाम भन्दिन, भो भो बुढाले चित्त दुखाउने होला फिरि, इ हि हि हि, नमस्ते भन्छु ल ।

 

 

Read Full Discussion Thread for this article