Posted by: Birkhe_Maila October 20, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     2       ?         Liked by

पि ट्रिपल बि (PBBB) सिन्ड्रोम:

पि ट्रिपल बि सिन्ड्रोम अथवा 'पुन्टे बुढा बुढै भए' सिन्ड्रोम एक बैँशघातक रोग हो! लामो समय सम्म यो रोग मानिसको शरीर भित्र सुशुप्त अवश्थामा रहेको हुन्छ र शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई बिभिन्न चाड-बाड, भोज-भतेर, जाँड-रक्सि र जुवा-तासले ह्रास बनाउँदा यसले लक्षण देखाउँदै जान्छ। आउनुहोस यस रोगका लक्षण र प्रकोपको बारेमा केहि बेर चर्चा गरौँ-

लक्षण-

१) पहिलो स्टेज: शुरुवाती समयमा यस रोगको खासै प्रतक्ष लक्षण हुँदैन, तर पनि लामो समय सम्म आफ्नो काम घोटिएर गर्न मन लाग्ने, गर्न मन नलागे पनि हरियो डल्लर सम्झेर जुरुकजुरुक हुन पुग्दा काम गर्न थाल्ने, आधारातमा लाटोकोसेरो उठे जसरि उठेर काममा जाने, मध्यदिनमा भात हसुरेर खाटमा घुसुल्टिन जाने, बिहानको ७ बजे तिनपाने चढाउने, बेलुकाको १० बजे चिया कफि खाने इत्यादी लक्षणहरु हुन्छन्।

२) झिमझिमे स्टेज: शरीरले बैँश क्रमश छाड्दै जाँदा, आँधी अगाडिको शान्ती भने जस्तो आफूलाई आफ्नो बैँश अझै खारिएर आएको दृष्टीभर्म हुने गर्दछ। यस्तो अवश्थामा, बिभिन्न पत्र पत्रिका तथा इन्टरनेटको पेजहरुमा तरुनिका पोज देखे पनि काउकुति लाग्ने, टिवि भिडियो वा सडकका पेटिहरुमा केटि देख्दा त्यसै त्यसै बाडुलि लाग्ने, हल्का काम छुट्ने तथा उस्तै परे दुवै आँखा पटक पटक झिम्कने हुन्छ।

३) बाह्रमासे स्टेज:  रोगले अझै गाँज्दै लगेपछि, पसिना बगाएर कमाएको डल्लर समेत असिना जस्तो खुसुक्क पगालेर सखाप बनाउन मन लाग्ने, जाँड रौसि, भोज भतेर र जुवा तासमा पैसो सेलाउन मन लाग्ने, चाहिने भन्दा धेरै खर्च गरेर भुँडिलाई बोरा बनाउँदै भोजन कोच्न मन लाग्ने र त्यहि कोचिएको भोजनको चाप सहन नसक्दा अझ थप डल्लर खर्च गरेर भुडि सफआ गर्न मन लाग्ने हुन्छ। यस स्टेजमा मुख्यतया: जुवा तासको असर देखिने हुँदा यस स्टेजलाई बाह्रमासे स्टेज भनिन्छ।

३) टनक टनक स्टेज: यो रोगले पूर्णतया च्यापिसकेपछि देखा पर्ने स्टेज हो। यो स्टेजमा रोगिको शरीरको पूर्वार्ध पुर्ण रुपमा बैँशरहित बनाएको हुन्छ। केवल उत्तरार्धको क्षणिक बैँश सम्झेर रोगि पुन: एक पटक आफूलाई जवान सम्झन्छ र फलस्वरप शरीरको पूर्वार्धको रोगिको यो बिश्वासलाई मान्न सक्दैन र दाहिने कान मुन्तिर टनक टनक गरेर पटक पटक दुखाई आउँछ र रोगिलाई के के न भयो भनेर साइको बनाउँछ।

उपचार-

यो रोग वास्तवमा कुनै रोग नभै उमेर बढेको सुचना हो र कुनै पनि रोगी यो सत्यता मान्न तयार नहुने हुँदा प्राय उपचार सम्भव हुँदैन। तर पनि, आफ्नो उमेर ढल्केको कुरालाई ध्यानमा राखि, बिहान एक प्रहर बाँकि हुँदै शैया त्याग गरेर, स्नानादी कर्म गरेर, गीता पाठ गर्दै करिव २ घन्टा पुजा-अर्चनामा बिताएर (पूजा-अर्चना भन्नाले रोगिलाई तुरन्तै पुजा र अर्चना नाम गरेका मस्त तरुनि याद आउन सक्छ सावधान हुनुहोला), दुध तथा फलफुल सेवन गर्नु राम्रो हुन्छ।

धन्यवाद्

Read Full Discussion Thread for this article