मलाई केही साथीहरुले यो thread मा अरु गीत posting नगरनु भनेका थिए। शायद मेरो भलाई सोचेरै उनिहरुले यस्तो भनेका हुन। मैले पनि कुरै कुरामा हुन्छ भनेको थिए। तर किन किन मेरो मन नै मान्दैन। मलाई यो thread मा केही लेखु लेखु, कुनै गीत राखु राखु जस्तो लाग्छ।
केही साथीहरुले मलाई गाली गरे तैले यो के पागलपन देखाको? केही साथीहरुले मलाई साझाको best joker को उपाधी दिन चाहे। अनी केही साथीहरु मलाई कलियुग को मजनु भन्न रुचाउछन। तर मलाई यी भनाइहरु प्रति कुनै रोस छैन। एकजना साथीले भनिन त पछी आँफै हास्ने छस् आफुले अहिले गरेको काम देखी। शायद उन्ले ठिकै भनेकी हुन। समयको अन्तराल्मा ममा आउने परिवर्तनले मलाई अहिले आफूले जे गरी राछु त्यो अनौठो र हासो उठ्दो लाग्न सक्छ। तर अहिले म जे गरी राछु त्यो भबिस्यको लागि गरीरहेको छैन। म अहिले जे गरीराछु त्यो अहिलेको लागि गरीराछु, मेरो आत्मसन्तुस्टीको लागि गरीराछु।
मलाई राम्रोसँग था छ यसबाट मलाई केही उपलब्धी हुनेवाला छैन। तर पनि म यो गरीराछु किन? केबल आत्मसन्तुस्टिको लागि। एक किसिम्ले भन्ने हो भने मनको शान्ती पनि त उपलब्धी हो, होइन र ? जबसम्म मैले गरेको कृयाकलापले अरुलाई भौतिक या मानसिक रुपमा कुनै हानी गर्दैन त्यो बेलासम्म म आफूलाई मन लगेको कुरा गर्न स्वतन्त्र छु जस्तो लाग्छ। मैले कुन्नी कहाँ हो पढेको थिए साप्ताहिक कान्तिपुरका स्तम्भकार डा. डि पि भण्डारीको बारेमा; जब सम्म उनी घटिया बोलिमा रिस उठेको मान्छेलाई गाली गर्दैन थिए उन्लाई मनको शान्ती हुँदैन थियो। अनी अर्को प्रसँग मान्छेहरु नसा किन गर्छन्? सबैलाई चुरोट खानु हुन्न भन्ने डाक्टरसाबहरु आँफै किन चुरोट खान्छन? म हरेक दिन एउटा गीत posting गरेर अफूलाई केही साबित गर्ने चक्करमा छैन। तर जब म यो thread मा आफूले post गरेको गीत देख्छु मेरो मनमा आनन्द हुन्छ।
मेरो लेखाइले कसैलाई ठेस पुगेको भए माफ पाउ र साथीहरुको सही सुझाब र सल्लाहको हमेसा स्वागत गर्छु।
अहिलेलाई फेरी पनि मलाई मनपर्ने एउटा गीत: