Posted by: sapanasansar October 17, 2008
श्रृजना कविता प्रतियोगिता
Login in to Rate this Post:     1       ?         Liked by

आदरणीय साजा चौंतारी का पाठक तथा लेखक महोदय हरु,

श्रृजना डट कम ले संम्पुर्ण स्वेदश तथा बिदेश मा बस्ने पाठक बृन्द हरुको लागी श्रृजना कविता प्रतियोगिता आयोजना गर्दै छ । प्रतियोगिता बारे मा थप जानकारी तपाई  http://www.shrijana.com/000/?p=585  वा http://sapanasansar.com/2008/10/17/p57/ मा पाउन सक्नु हुनेछ । कृपया तपाई पनि आफ्नो प्रतिभालाई उजागर गर्दै पुरस्कार को भागेदारी बन्नु होस।

कविता प्रतियोगिताका नियमहरु

१) कविता मिति: जनवरी १ तारीख २००९  सम्ममा   आइपुग्नु पर्नेछ ।

२) प्रतियोगीहरुलाई जिताउन साहित्य प्रेमी पाठकहरुले जनवरी ३० सम्म खुल्ला मतदान गर्न पाउनु हुनेछ ।

३) निर्णायक त्रयको तर्फबाट ६०% र प्रेमी पाठकहरुको मतदान ४०%  को कुल मिलाई  जनवरी ३१ को दिन विजयी प्रतियोगी घोषणा गरिने छ ।

४) विजयी प्रतियोगीलाई निर्णायकत्रय द्वारा हस्ताक्षरित प्रशंसा पत्रका साथै  निम्न नगद नेपाली रु समेत प्रदान गरिने छ :

प्रथम पुरस्कार -१० हजार
द्वितीय पुरस्कार -५ हजार
तृतीय पुरस्कार  -३ हजार
सान्त्वना पुरस्कार -१ हजार (दुई जना लाई )

५) प्रतियोगी कविता comp@shrijana.com इ-मेलमा पठाउनुका साथै आफ्नो नाम, ठेगाना, संपर्क फोन नम्बर सहित एक प्रति  फोटो अनिवार्य संग्लग्न गर्नुहोला ।

धन्यबाद ! 

आयोजक:
श्रृजना डट कम

Read Full Discussion Thread for this article