Posted by: Geology Tiger October 17, 2008
मन लागेन
Login in to Rate this Post:     0       ?        

 

मन त लागेन नि बब्ली तर के गर्नु यो दल दल म फसी हालेउ अब यहाँ बाट उम्केर जाने बाटो छैन। मन लगे पनि नलगे पनि तिमीले यही कोठा भित्रको बत्तिको उजेलोले कौसी मा लाग्ने घाम को राप को न्यास्रो मेटन पर्ने छ। अब यही starbucks को कफि खाएर चियाको तिर्सना मेटाउन पर्ने छ। यहिको AC को चिसो र तातो खाएर तिम्रो झ्यालबाट सरर छिर्ने हावाले उडाइ ल्याउने सुगन्धलाई बिर्सन पर्ने छ। अब यिनै नम्बर माग्ने तर अनुहार बिरलै देखिने gentleman हरु सँग नै तिमीले बोल्नु पर्ने छ। अझ भनु भने यही internet र chatting म तिमीले रम्न पर्ने छ। अब परेवलाई दाना हल्ने कुरा छोडिदेउ बरु कतै टेलिभिजन वा internet मा  परेवाको अनुहार हेरेर चित बुजाउनु पर्ने छ। बब्ली तिमीले अब तिम्रो रहर र खुशीहरु सँग सम्झौता गर्नु पर्ने छ। किन कि जीवन भनेकै सम्झौता हो।

Read Full Discussion Thread for this article