Posted by: Rahuldai October 17, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

भोजन अबकाश उपरान्तको तारेमाम।
पिया तारेमाम।
त्यो सानो नानी को टेनिफोन वार्ता बडा मज्जा को थियो है। शुक्रबार अतिरिक्त गृहकार्यको रिस कस्तो हुंदो हो त्यो हामीले नि भोगेकै कुरा हो।


बसन्तपुर को निम्न माध्यमिक बिद्यालय मा पढ्दा एक जना हिसाब को मार्साब हुनुहुन्थो। दसैं तिहार को बिदा मा भए भरको हिसाब दोह्र्‍याइ लेखेर ल्याउन भन्नु हुन्थ्यो। दसैं भरी हिसाब गर्दा गर्दै बित्थ्यो। तर स्कूल भात्काउने र मार्साब लाई त्यही भग्नाबषेश मा पुर्ने हिंस्रक बिचार  कहिलेइ आएन। बरु स्कूलबाट सात कहिले पास होला र बाइ बाइ भनुला भन्ने बिचार  ले  अचार् को ठाम लिन्थ्यो।
त्यसरी नै माध्यमिक बिद्यालयमा उस्तै खाल को मार्साब हुनुहुन्थ्यो। ज्यामितिको साध्य साधारण खालको भए ५ चोटि, मध्यम खालको भए १० चोटि अली गाह्रो खालको भए १५ चोटि र अली बढ्ता नै मुश्किल खालको भए २० चोटि लेखेर ल्याउनु भन्नुहुन्थ्यो। धेरै रात त साध्य लेख्दा लेख्दै बिहान हुन्थ्यो। साध्य लेखेर साध्ये नै हुन्थेन। तर त्यसको प्रतिफल ९०% भन्दा बढी विद्यार्थीले एस् एल सि मा ९० भन्दा बढी गणित बिष्यमा ल्याए।

Read Full Discussion Thread for this article