Posted by: Birkhe_Maila October 15, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     1       ?         Liked by

धरान देखि माथि-

 

धरान देखि उकालो लाग्दै भेडेटारमा झर्यौँ

बंगुरको तातो सेकुवाले हाम्ले भुँडि भर्यौँ

हाम्रो मोटर फेरि गुड्यो झर्यो लेउती खोला

तमोरको पूलमा नझुल्ने शायद कोहि होला

उक्लेर माथि पुगेपछि धनुकटा  बजार आयो

सल्लेरीको सरसर हावा त्यसले मनै खायो

फेरि माथि हिँड्यौँ हामि हिले भन्ज्याङ सम्म

छिन्ताङ जाने बायाँ लागे आफू हिलेमै डम्म

तोङ्बा त मेरि बास्सै हिलेको पो गजब

पाख्रिबासको कुहिरो साथि यो संसारमा अजब

लेगुवा झर्ने सबैजना लागे बायाँ तिर

चित्रे लेकमा घुम्न भनि हामि दायाँ तिर

लेगुवा देखि संखुवासभा चित्रेदेखि ताप्लेजुङ

त्यो बाटो सम्झँदा साथि यो मन उड्छ बुङ्

 

लोल-ए‍-जिम्माल

"""सुख दुख सबैकुरा यहिँ बसि जोखौँला, यो सुखद यात्रा साथि अलि पछि पोखौँला""

 

Read Full Discussion Thread for this article