Posted by: Deep October 15, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

कबि गोष्ठीको कार्यक्रम छ। पहिलो कबिता बाचन गर्नु पर्ने लोल-ए-जिम्माल कबिता बाचन कक्ष मा त छन तर भट्ट्याउनु पर्ने कबिता भेटीरा छैनन। उनको मनोदशा पनि ठिक देखिदैन।

यतै गोष्ठी तिर अघि आउँदा खेरुन लेखनाथमार्ग स्थित सर्सोती क्यामपस अघि उनको मोटरसाईकलले नारदको नारायण शैलीमा बिनाभी बिनाभी भन्दै दराज बोकेर सोर्हखुट्टेको ओरालो तिर अत्यन्त साबधानी पूर्बक उन्मुख टायरको ब्रेकले भर अभर के पार्ने हो भन्ने चिन्ताले ग्रस्त ठेलावालालाई क्याम्पसबाट निस्किदै गरेकी सुन्दरीको चक्षुस्पर्शमा आल्हादित उनले दनक के दिन पुगेका थिए त्यो आकस्मिक घटना प्रति किन्चित अनभिज्ञ ठेलागाडावाला सह-ठेलाडीलाई समेत गुटमुटियार एकातिर उछ्छिटिदा सुन्दर स्टिल फर्निचरको गृहलक्ष्मी दराज बोकेको उक्त गाडा अनियन्त्रित भै दक्षको यज्ञमा अग्नीसमाधी लिएकी सतीलाई यज्ञस्थलबाट बोकेर हिनेका महादेब झै ओरालो तर्फ गर्जिदा हुँदी मच्चेको त्राहीमाम त्राहीमामको कोलाहल २ योजन सम्म त गुन्जियोहोला भन्नेमा कुनै शंका मनमा नराखेका लोल-ए-जिम्माल उक्त कोलाहलको कारक आफु भएको ठहर गरी अन्तर्ध्यान भन्दा पनि तेज गतिमा घटनास्थलबाट चलायमान भएका थिए।

कोटको खल्तीमा राखेको कबिता घोक्दै जाँदै गर्छु भनेर देब्रे हातमा च्यापेका थिए र कालधाराबाट सर्सोतीक्याम्पस सम्म आउँदा तिनचार पंक्ति कन्ठस्थ पनि पारीसकेका थिए। अनेपक्षित रुपमा घटेको त्यो घटनाको मुख्य कारक त्यै जस्को नयनस्पर्शले उनी बिचलित हुन पुगेका थिए उही सुन्दरी भएको उनको तर्क थियो। उनी त घटनाको केबल निमित्त थिए। निमित्त कारक। तर जे भए पनि त्यहाँबाट उम्किदा कबितालेखेको कागज काँ खस्यो काँ -- आफ्नै हस्ताक्षरमा नाम ठेगाना समेत लेखेको कबिता त्यसरी घटनास्थलमा हराउनु शुभसंकेत नभएकोमा क्षुब्ध उनी कबिता पाठ गर्ने मनोदशामा थिएनन।

खहर्-ए-स्वयम्भुले संचालन गरेको उक्त कबि गोष्टीमा लोल-ए-जिम्माल तयार नभए सम्मलाई भनेर खहर-ए-स्वयम्भुले केही गजलहरु सुनाउन नखोजेको त हैन तर भिडले सिट्ठी र गोलभेडाले आक्रमण गर्दै झुर झुर भन्दै एउटै नारा लगाईरहेका थिए "लोल-लोल-जिम्माल बोल" -- स्थिती तनाबपूर्ण थियो।

त्यसपछि के भयो?

यस्को बारेमा हिंजो प्रसारण हुने अर्को भाग हेर्न नबिर्सिनु होला।

Read Full Discussion Thread for this article