Posted by: Birkhe_Maila October 15, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

लोल!

 

जिम्बालबाले बिहेको चार महिनामा गरेका कुराहरु यसप्रकार छन्-

१) भात पकाए, भाँडा माझे, कुचो लगाए, भात हसुरे, तिनपाने धोके, तमाखु खोके, संसारभरीको टेन्सन बोके र झिल्केलाई सरापे।

२) साझा चौतारीमा हल्लेर बसे।

२) कयौँ पटक :( गरे र सयौँ पटक :) गरे।

४) साझा चौतारीमा हल्लेर लेखेर बसे।

३) बेला बेलामा चौतारीका पोस्ट देखेर :O गरे।

६) साझा चौतारीमा हल्लेर बसे।

५) पाहुनाहरु बटुले नानाभाँती कुरा गरे, दिनमा पाँच छाक सम्म हसुरे।

८) साझा चौतारीमा हल्लेर बसे।

९)  अर्को हुल पाउनु बटुले, हल्ला गरे, बिना सितन तिनपाने र बिना तिनपाने सितन हसुरे।

१०) जति हसुरे पनि भुँडि नबढेर अझै हट्टाकट्टा देखिएकोमा अन्त्यमा :D गरे!

Read Full Discussion Thread for this article