Posted by: ktm_bis October 13, 2008
कामरेड कम्प्युटरको अमेरिका यात्रा
Login in to Rate this Post:     0       ?        

Guys enjoy this...

कामरेड कम्प्युटरको अमेरिका यात्रा


मलाई किन बोल्न नदिनुभा'को -" कामरेड फस्ट लेडीले प्रधानमन्त्रीस“ग गुनासो गर्नुभो, "मैले तिनलाई जान्या थिए“ ।"
"किन र कामरेड फस्ट लेडी -" प्रधानमन्त्रीले सोध्नुभो, "मैले दिएको जवाफले चित्त बुझेन -"
"बुझेन," कामरेड फस्ट लेडीले कामरेड कम्प्युटरतिर हर्ेर्दै भन्नुभो, "हामी उनलाई अमेरकिा लिएर जाउ“ कि अप्रिmका तिनलाई के मतलब †"
"मलाई पनि चित्त बुझेन," कामरेड कम्प्युटरले समेत गुनासो गर्नुभो, "मलाई त तिनको जान्दो गर्न मन थियो ।" त्यसपछि सोध्नुभो, "सफाया गर्न मिल्दैन -"
"मिल्दैन," प्रधानमन्त्रीले भन्नुभो, "मैले ठीकै जवाफ दिएको होइन र - कम्प्युटर अपरेटरका हैसियतले स“गै लिएर गएको भनेर तिनका मुखमा बुझो हालेको सुनेनौ -"
"सुनियो," कामरेड कम्प्युटरले हस्िक“दै सोध्नुभो, "मेरो हैसियत त्यति मात्र हो त -"
"किमार्थ होइन," कामरेड फस्ट लेडीले उकेरा लगाउनुभो, "त्रि्रो हैसियत त्यति मात्र होइन । "
प्रधानमन्त्री बोल्नुभएन । उहा“का आ“खाअघि अमेरकिा भ्रमणका दृश्य तैर“िदै थिए । "आहा † अमेरकिा ।" उहा“ले मनमनै ती क्षण सम्झनुभो र नेपाल पस्नासाथ यसमा भएको क्रमभङ्गता सम्झेर विस्िमत् हुनुभो ।
"मलाई पनि कवाफ खा“दाखा“दै हड्डी चबाएझै“ भएको छ," प्रधानमन्त्रीले भन्नु भो, "म भावुक भएको छु ।"
"म कम्प्युटर अपरेटर मात्र हो त -" कामरेड कम्प्युटरले सोध्नुभो, "यसो भनेर मेरो अवमूल्यन भएन -"
प्रधानमन्त्री तत्काल केही बोल्नुभएन । कामरेड फस्ट लेडी बोल्नुभो, "उनलाई कम्प्युटर अपरेटर भनेर मेरोसमेत बेइज्जत भएको छ ।"
"कसरी -" प्रधानमन्त्रीले सोध्नुभो, "उनलाई कम्प्युटर अपरेटर भन्दा कसरी बेइज्जत हुन्छ -"
"मलाई कम्प्युटर अपरेटरकी आमा भन्न थाले भने," कामरेड फस्ट लेडीले भन्नुभो, "मेरो इज्जत रहन्छ त -"
"कसरी -" प्रधानमन्त्री खिस्स हा“स्नुभो, "इज्जत कसरी रह“दैन  -"
"कसरी रहन्छ त -" कामरेड फस्ट लेडीले भन्नुभो, "सुत्ने बेलामा डेढ लाखको पलङमा सुत्ने, जन्माउने बेलामा कम्प्युटर अपरेटर जन्माउने भनेर जिस्क्याउ“दैनन् -"
"म कम्प्युटर अपरेटर होइन," कामरेड कम्प्युटरले भन्नुभो, "म अर्कै थोक हु“ ।"
"को हौ तिमी -" प्रधानमन्त्रीले जिज्ञासा राख्नुभो, "लौ भन को हौ  -"
"मलाई कम्प्युटर अपरेटर भनेको मन परेन," कामरेड कम्प्युटरले भन्नुभो, "पार्टर्ीी कामरेड अर्कै थोक भन्नुहुन्छ ।"
"के भन्नुहुन्छ पार्टर्ीी कामरेड -" प्रधानमन्त्रीले सोध्नुभो, "पार्टर्ीी कामरेडहरू राजकुमार भन्न थाल्नुभएको छ रे, के तिमी त्यही हौ त -"
"हो," कामरेड कम्प्युटर उज्यालो देखिनुभो, "मलाई त्यही भनेको मन पर्छ ।"
"तिमीलाई त्यसो भन्न मिल्दैन," प्रधानमन्त्रीले भन्नुभो, "यो भन्नु मार्क्सवाद-लेनिनवादको खिलाफ हुन्छ ।"
"कसरी -" कामरेड कम्प्युटरले जिरह गर्नुभो, "मार्क्सवाद मैले पनि पढेकै हो ।"
"तिमीलाई लोककुमार भन्न सकिएला," प्रधानमन्त्रीले भन्नुभो, "जनकुमार भन्न मिल्ला । राजकुमार भन्न मिल्दैन ।"
"किन -" कामरेड फस्ट लेडीले सोध्नुभो, "यिनलाई राजकुमार भन्न किन नमिल्ने  - के यी कुनै राजकुमारभन्दा कम छन् -"
"यसो गर्दा पार्टर्ीी मतभेद आउ“छ," प्रधानमन्त्रीले स्पष्टीकरण दिनुभो, "कामरेड विद्यावारििधको चित्त दुख्छ ।"
"कामरेड विद्यावारििधको चित्त दुख्नाको कारण के छ  -" कामरेड फस्ट लेडीले सोध्नुभो, "यो हाम्रो आन्तरकि मामिला होइन र -"
"हुन ता हो," प्रधानमन्त्रीले भन्नुभो, "कामरेड विद्यावारििधले राजमार्गलाई समेत लोकमार्ग भनेका बेला हामीले कसरी राजकुमार भन्नु -"
"मलाई लोककुमार हुन मन छैन," कामरेड कम्प्युटरले भन्नुभो, "जनकुमार भनाउनेसमेत मेरो रुचि छैन ।"
"उनको रुचिको हामीले ख्याल गर्नैपर्छ," कामरेड फस्ट लेडीले प्रधानमन्त्रीलाई सम्झाउनुभो, "तपाईंको अनुपस्िथतिसमेतमा मैले उनका रुचिलाई सम्मान गरेको मेरो अनुभव छ ।"
"त्यसो भए के गर्ने त -" प्रधानमन्त्रीले निष्कर्षसुनाउनुभो, "राजकुमार भन्नचाहि“ मिलेन ।"
क्षणभर कोही बोल्नुभएन । वातावरण चकमन्न भयो । यस मौनतालाई भङ्ग गर्दै प्रधानमन्त्रीले ठट्टाको स्वरमा सोध्नुभो, "त्यसो भए के गर्ने त - कम्प्युटर अपरेटरको साटो कम्प्युटर मात्र भन्न मिलेन ।"
"किन मिल्दैन," कामरेड फस्ट लेडीले भन्नुभो, "कम्प्युटर अपरेटर भन्नुभन्दा बरु कम्प्युटर मात्र भनेको राम्रँे हो ।"
अमेरकिा जा“दा किन कम्प्युटर लिएर गएको भन्दा के जवाफ दिनु नि  - प्रधानमन्त्रीले सोध्नुभो, "त्यहा“ कम्प्युटर पाइ“दैनन् भन्नु  -"
"कम्प्युटरलाई बेलाबेलामा दूध खानर्ुपर्छ भने भइगयो नि †" कामरेड फस्ट लेडीले भन्नुभो, "आमाका दूधले सन्तान बलिया हुन्छन् ।"

Read Full Discussion Thread for this article