Posted by: unknwon_boy October 11, 2008
ashok
Login in to Rate this Post:     0       ?        
अशोकको अन्तिम संस्कार आज गरियो
 :: नेपाल समाचार
- अमेरिकादर्पण सममम्वाददाता
काठमाडौ, असोज २५,अक्टोवर ११/ दुइ साताअघि अमेरिकामा हत्या गरिएका अशोक भट्टराईको आज पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरियो । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ३ परासी बजारमा स्थायी घरभएका भट्टराई दुइ वर्ष अघि अध्ययनको शिलसिलामा अमेरिका पुगेका थिए ।

अमेरिकाको हयूस्टन शहरको कम्युनिटी कलेजमा पढिरहेका अशोक पढाई खर्च धान्नका लागि एउटा डिपार्टमेन्टल स्टोरमा काम गरिरहेको समयमा केहि काला जातीका अमेरिकन नागरिकले डिपार्टमेन्टल स्टोरमा प्रवेशगरी गोलिप्रहार गरेका थिए ।

हत्या भएको बाह्रौ दिन वितिसक्दा पनि परराष्ट्र मन्त्रालय र अमेरिकास्थित नेपाली दुतावासले शव ल्याउने प्रयास नगरेकोमा परिवारजनले आक्रोश पोखेका छन् । भट्टराईको शव हिजो साँझ नेपाल ल्याइएको थियो ।


प्रकाशित मिति: 2008-10-11- 12:14
Read Full Discussion Thread for this article