Posted by: aman October 9, 2008
दार्जीलिंगमा नेपाली पोशाक आन्दोलनको थालनी
Login in to Rate this Post:     0       ?        
पश्चिम बंगालका नेपाली भाषीले दौरा सुरुवाल लगाउने
 
दार्जिलिङ
पश्चिम बङ्गालका नेपाली भाषाभाषीहरुले छुट्टै राज्यको माग गर्दै आएका छन्
एउटा छुट्टै राज्यको माग राखी आन्दोलन गरिरहेका नेपाली भाषाभाषीहरु बसोबास गर्ने भारतको पश्चिम बंगालका कतिपय क्षेत्रहरुमा यो वर्षको दशैं पहिलेका दशैंहरुभन्दा छुट्टै हुने भएको छ।

आन्दोलनकै हिस्साका रुपमा उनीहरुले मंगलबारदेखि दौरा सुरुवाल र फरिया चोलो लगाउने अभियान शुरु गर्ने भएका छन्।

पश्चिम बंगालको दार्जीलिङ, सिलिगुडी र डुवर्स क्षेत्रमा दशैंको अवसर पारी नेपाली परम्परागत पोशाक दौरा सुरुवाल, फरिया चोली अनिवार्य बनाइएको छ।

सिलिगुडीको अगमसिंह गिरी नगरका ७६ बर्षीय श्यामकुमार खनालले यस अघि कहिल्यै पनि दशैंमा दौरा सुरुवाल लगाएका थिए।

उनी यसपालि भने दौरा सुरुवालमा ठाँटिएर दशैंको टीका लगाउने भएका छन् ।

उनी भन्छन्, "यसपालीको जस्तो दशैं यस अघि कहिल्यै आएको थिएन त्यसैले म उत्साहित छु।"

सिलिगुडी पंचनदीका रामबहादुर तामाङ पनि पोशाक आन्दोलनका कारण यसपालिको दशैं पहिलेको भन्दा रमाइलो हुने विश्वास गर्छन्।

त्यहाँका वासिन्दाहरुले यो पटकको दशैंमा फरक महसुस हुनुको कारण पोशाक आन्दोलन र विभिन्न झाँकी प्रस्तुत गरिनु भएको बताए।

अगमसिंह गिरी नगरकै निशा भण्डारीले भनिन्, “आइरहेको दशैंले गोर्खालीहरुको पहिचान दिलाउनेछ।“

दशैं मनाउने प्रक्रियामा कसैको अनुशरण नगरी आफ्नै मौलिक परम्परालाई आउँदा दशैंहरुमा पनि निरन्तरता दिने आन्दोलनकारीहरुले बताएका छन्।

Read Full Discussion Thread for this article