Posted by: nakkali108 October 8, 2008
"अदृश्य पर्खाल"
Login in to Rate this Post:     0       ?        

 

 

Deep प्रभो,

 

साझा फूलबारीमा सामेल गराउनु भयो हर्दिक आभार प्रकट गरें, तर केट्केटी आए गुलेलि खेलाए मट्याङग्राको सत्यानास भन्ने उखान चरितार्थ पार्छु कि भन्ने डर पो लागिरहेछ।

 

लौन, हजुरले नै पाठक रे आफूलाई, यहाँहरुकै लेख कथा पढेर त लेख्ने जमर्को गरेकी मैले।तर आज चेत्दै छु पढ्ने र लेख्ने बिचको फरक। पढ्दा त रुन,हाँस्न जे गर्न पनि पाईन्थ्यो तर लेख्न त बाजा बज्ने रहेछ।

यहाँको हौसलालाई मनन गर्दै निरन्तरताको प्रयास गर्छु।

 

यहाँको दशैं शुभ एवं मंगलमय रहोस।

 

 

Amiran Ji,

 

It is my first posting in Sajha. Actually i used to be a silent reader and this is a first time i dare to write something in Sajha.  Regular Reader भन्नु भयो हैन मैले कतै कसैको Nick Use गरिन?  Copyright, Patentright के के ले हो अप्ठेरोमा पर्ला फेरी।

 

Nalina Chitrakarले गाएको गीत भन्न खोजेको Mistake ले गल्ति भएछ, सच्चाईदिनु भएकोमा धन्यबाद।

 

 

Sky Ji,

 

आकाशलाई कसको सम्झना आयो त्यसरी, ताराको की जुनको उसको की उनको ? मीठो लागेछ, धन्य भएं।

 

अदृष्य संबन्ध  आत्मियता त्यस्तै होला देख्न,  नाप्न  नसकिने भन्ठान्छु र त कथा बनिदिन्छ मानि............

 

Somewhere ji,

 

त्यहि त हेर्नुस न, लेखेर टास्ने जमर्को गरिहाले, अहिले डर लागिरहेछ कता बाट के के प्र्श्न आईलाग्छ भनेर। वय्क्तिगत सिमाना बाँधिदिएको नि, भावनाहरु छताछुल्ल पारिदिएको आरोप खप्नु भन्दा, कि कसो?

 

अन्त्यमा यहाँहरु सबैमा विजया दशमीको हर्दिक मंगलमय शुभकामना

Read Full Discussion Thread for this article