Posted by: waka October 6, 2008
शुभकामना बिजया दशमीको
Login in to Rate this Post:     0       ?        
मन भरीका रहर ओठ भरी डुलुन
बसन्तको सुबास वरि परी घुलुन

जमरा झै शान्ती मौलायोस अधरमा
आशाका कोपिला सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो अंधेरो,अतिसारो यो
सदभाबका ज्योति बिभेद तरी झूलुन

मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो
बिकारका तुष सपनामै टरी भूलुन

आस्थाका देव देवी विश्वाशमा जागा छन
कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा आधारको टिका
बिजय श्री तिम्रो खुशी घरी घरी फूलून
Read Full Discussion Thread for this article