Posted by: Deep October 6, 2008
prachande
Login in to Rate this Post:     0       ?        

हुन त मलाई आफु न त राजनितीको पण्डीत जस्तो लाग्छ न नै बज्रस्वाँठ जस्तो। तर आफ्नो बारेमा धारणा गतिलै भएको राम्रो हो क्यार। नैतिक बल, नभए धरापमा पर्छ भन्छन। त्यसैले आफुलाई भन्दिन त जे भन्दीए पनि हुने हो तर पत्याउनेले पत्याईदिएनन भने अरु मुस्किलमा परीने हो कि जस्तो लागेर राजनैतिक बिशेषण बाट टाढै बसेको छु।

नेपे प्रभोको के कुरा सँग म सहमत छु भने, बहसको मुद्दा बिषयबस्तु हुनु पर्छ। कस्ले के भन्यो भन्दा पनि भनेको कुरा के हो त्यसमा आ-आफ्नो बिचार पोख्ने हो।

देशको बिकास भनेको आर्थिक बिकास हो। आर्थिक बिकास बिना देशको बिकास सम्भव छैन। आर्थिक बिकासले सामाजिक संरचनालाई स्वत: सुधार्छ। राजनैतिक ब्यबस्थाको काम भनेको आर्थिक बिकासको लागि बाटो बनाईदिनु हो। हाम्रा तिर "देशको राजनीति मेरो गोजीमा छ" भनेर हिन्नेहरुले कि त चर्का नारा लाउँछन, नभए छिर्के। आर्थिक बिकास र सामाजिक पुनरुत्थान प्रति समर्पित ब्यक्तित्वहरु नभएका पनि हैनन योजनाहरु पनि छन। तर राजनैतिक ब्यबस्था स्थिर छैन। आर्थिक बिकासलाई बाटो दिनु त कता हो कता राजनैतिक ब्यबस्थाका आफुलाई ठेकेदार सम्झिनेहरु एउटा न एउटा निउँमा त्यो बाटो छेक्ने धुनमा मग्न देखिन्छन। "राष्ट्रिय स्वार्थ भनेको दलगत स्वार्थ हो" नेता भन्नेहरुले यस्तै बुझ्या छन कि जस्तो लाग्छ मलाई।

 माओबादीले सामाजिक संरचनामा ल्याएको परिबर्तनलाई नकार्न सकिन्न। तर हिंसा प्रति माओबादीले देखाएको रुझानको भने म निन्दा गर्छु। साम्यबादको सपना आज देख्नु भनेको भोली निराश भएर मर्नु हो जस्तो लाग्छ मलाई।

संकिर्ण अर्थात बर्गिय, जातिय, भाषिक बिभाजनको राजनितीमा माओबादी अल्झेको जस्तो लाग्छ। संघियता एउटा जटिल बिषयबस्तु हो। एकात्मक संघियताको सट्टा बिभाजित संघियता तिर देश जाने हो कि भनेर साबधान हुनु पर्छ।


सत्तामा र सम्बिधान सभामा बस्नेहरुलाई समयको त्यति मतलब छ जस्तो पनि देखिदैन। यो सम्बिधान सभाको म्याद थपिने म प्रस्टै देख्छु। भारतले लेखेर दियो सम्बिधान पारीत गर्न भने बेग्लै कुरा। हुन त म्याद थपिदैमा भारतले लेख्दैन हाम्रो संबिधान भन्ने केही छैन।

भारतको हस्तक्षेप भन्दै सरापेर मात्रै केही हुँदैन। भारत डेरा सर्ने होईन, हाम्रो पनि अन्त जग्गा छैन घर बनाउन। रहर होस कि बाध्यता, भारत हाम्रो छिमेकी हो। छिमेकीलाई सास्टाङ्ग दण्डवत गर्ने हाम्रो नेतृत्वबर्गको परंपरालाई तोडनु पर्छ पहिले। माओबादीबाट त्यो आशा थ्यो। अझै त्यो हुन सकेको छैन।

जे होस, कुरा धेरै छन। बहस बस्तुगत भए मलाई पनि सिक्न अलि सजिलो हुन्थ्यो कि जस्तो लाग्छ।

ए, अनि नेपे प्रभोले देखाएको नेपालको धर्को हेर्दा त १९७५ देखे १९९५ सम्म त निक्कै उकालो लागेको देखिन्छ। सब-साहारन अफ्रिका डुम भाको देखियो। अहिले चै हामी डुम रछम।

"अब १९७५ देखि १९९५ सम्म देश चलाउनेहरुलाई नै देश जिम्मा लाउन पा भे हुन्थ्यो कि त?" यस्तो बिचार हुर्किएला, अहिले कुर्लिने ती नेताहरु भन्नेले छिट्टै बुझिदिए सबैको कल्याण हुन्थ्यो होला।

अन्त्यमा दशैको शुभकामना। देश-बिकास प्रति म भने आशाबादी छु। माओबादीले गर्ने हो हुन कि अर्कै बादीले तर भोली अध्याँरो चै म देख्दिन।

Read Full Discussion Thread for this article