Posted by: Nepe October 5, 2008
prachande
Login in to Rate this Post:     1       ?         Liked by

NS jyu,

 

माओवादीका सकारात्मक पक्ष पनि छन्, नकारात्मक पक्ष पनि छन् । अहिलेको dominant academic view यहि हो र यसलाई नेपाली मतदाताले समेत माओवादीलाई मिश्रित विजय दिलाईदिएर पुष्टि गरिदिईसकेका छन्, beyond any reasonable doubt.

 

भने माओवादीमा नकारात्मक पक्ष मात्र छ भनेर माओवादीको complete dismissal गरेर बस्ने साझाका श्रापशिरोमणी मण्डलीलाई के भन्ने ? कित यी प्राज्ञिक समुदाय र नेपाली मतदाता भन्दा पनि ज्ञानी महापुरुष र महास्त्री हुन्, कि त reality संग detached महाअज्ञानी, महामूर्ख, बज्रस्वाँठहरु ।

 

माओवादीको सकारात्मक पक्ष के के हो, नकारात्मक पक्ष के के हो ? उनीहरुको गल्ती के के हो, योगदान र सम्भावना के के हो ? हाम्रा वर्तमान समस्या के के हुन्, समाधान क-कसरी हुन सक्छन् ?

 

हो, यस्तो हुनुपर्छ बहस र कुराकानीहरु ।

 

मलाई सोध्नुहुन्छ भने मैले देखेको माओवादीको सकारात्मक पक्ष भनेको नेपालको आवश्यक सामाजिक-राजनैतिक रुपान्तरणमा योगदान र आगामी दिनमा आवश्यक पर्ने प्रशासनिक र आर्थिक सुधारको लागि आवश्यक revolutionary zeal को potential source. (अरु दल त्यस्तो zeal को श्रोत हुने छाँट देखिदैन, देखिए त राम्रो हुन्थ्यो) । र नकारात्मक पक्ष भनेको द्वन्दकालमा भएका मानवअधिकार उल्लंघनकार्य (जुन दण्डनिय हुनैपर्छ भन्ने मेरो अटल मान्यता छ), द्वन्दकालिन सांगठनिक ढाँचा र कार्यशैलीमा पर्याप्त परिवर्तन गर्ने मानसिक अतयारी र साम्यवादी सैद्धान्तिक धङधङी प्रमुख हुन् ।

 

माओवादीका नकारात्मक पक्ष र त्यसबाट नि:सृत समस्याका समाधान के हुन सक्छन् त ?

 

लु सुना तेरो विचार भन्नु हुन्छ भने सुनाउन तयार छु, तर शालिन वातावरण मेरो शर्त हुनेछ । जो आज्ञा ।

 

साझाका वर्तमान trend (राजनैतिक कुराकानीमा) हेर्दा म यस कुराकानीमा फेरि सामेल हुन्छु हुन्न भन्न सकिन्न । त्यसैले यति कुरा चाही दोहर्‍याईहाल्न चाहन्छु । माओवादीको राम्रो र नराम्रो पक्ष केलाई केलाई गरिने बहस जायज र थोरबहुत वैचारिक योगदान समेतको हो । तर त्यसो नगरी माओवादीलाई एउटै कुचोले स्वाट्ट बढार्ने गफ तथ्यसम्मत, न्यासम्मत, व्यवहारसम्मत होईन ।

 

माओवादीलाई एउटै कुचोले स्वाट्ट बढार्नुपर्छ, बढार्न सकिन्छ भन्ने विद्वानहरुले मसंग समय खेर नफाले हुन्छ ।

 

यत्ति हो मेरो भन्नु ।

 

Nepe

Read Full Discussion Thread for this article