Posted by: Abinn October 5, 2008
DURBAR HATYAKANDA
Login in to Rate this Post:     0       ?        
पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए

दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् ' निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर गरिबको छोरोलाई कानुनले पत्याएन '
उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे 'लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले नयाँ पत्रिकासँग भने, 'उनलाई हत्याको अभियोग लगाइएको , तर त्यसको कुनै पनि प्रमाण छैन सफाइ पाउनुपर्ने मान्छे हो '
नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए देवकोटाका अनुसार उनी भदौ २०५८ देखि जेल छन् जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए

 

लम्तेरीको बयान

लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ
खेलाडी पनि थिएँ, गीत-संगीतमा च्याम्पियन 'रोयल फेमिली'सँग एकदमै नजिक दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो
दरबारमा काम गर्दा मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो केही पर्यो भने पैसा पाइहाल्थें दीपेन्द्र सरकारले मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने
जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्यो, मैले अनाहकमा दुःख पाएँ महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड |mाइडे' मनाउने चलन थियो १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा त्यो दिन पनि बाहिरी ड्युटीमा थिएँ दौरा, सुरुवाल, कोट कालो टोपी लगाएर पेस्तोल भिरेर ड्युटी गरिरहेको थिएँ त्यतिबेला मलाई याद - नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो

Read Full Discussion Thread for this article