Posted by: Nepe October 5, 2008
prachande
Login in to Rate this Post:     0       ?        

contd...

..............यो प्रवृत्तिले प्रश्रय पाएमा मुलुकले खोजेको अग्रगमन पनि सम्भव हुँदैन ।   

  

. भातृ संगठनका गतिविधिबारे 

 

· सत्तारुढ दलहरुका भातृ संगठनका गतिविधिले पनि जनमानसमा चिन्ता र आशंका बढाएको छ । भातृ संगठनहरुले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि मात्र गर्ने सिद्धान्त स्थापित गर्दै वाइसिएलका गतिविधि सौम्य बनाउनेतर्फ थप पहल जरुरी छ । कानुनी राज्यको अवधारणा विपरित राज्यले गर्ने काम र कानुन हातमा लिने कार्य अरु राजनीतिक दलका भातृ संगठनले पनि बन्द गर्नुपर्दछ । एउटा भातृ संगठनको स्वच्छ र सुसंस्कृत क्रियाकलापले अरु दलका भातृ संगठनहरुका कार्यशैली र क्रियाकलापमा सकारात्मक योगदान पुगेमा नयाँ राजनीतिक संस्कृति विकास गर्न मद्दत हुनेछ ।

  

· एकै पार्टीका राजनीतिक नेताहरुले परस्पर विरोधी र गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँड्दा जनतामा अन्योल र असन्तुष्टि बढदै छ । जस्तो कसैकसैले माओवादी छापामार १० बर्ष युद्ध लडेकोले उनीहरुलाई एमए सरहको योग्यताको प्रमाणपत्र दिनुपर्ने दावी गरेका छन् । संघर्ष र त्यागको उचित कदर गरिनुपर्ने कुरा सही भए पनि यस्तो माग पूर्ति गर्न सिद्धान्त र व्यवहार दुवैले सम्भव हुँदैन ।   

 

. राज्यको उपस्थिति जनाउनेबारे   

 

· राज्यको शसक्त उपस्थितिको अभावमा मुलुकभित्र विभिन्न आपराधिक समूहका हत्या हिंसा फिरौती असुलीजस्ता गतिविधि कायम छन् । यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्न राज्यको सम्पुर्ण सुरक्षा संयन्त्रलाई चुस्तरुपमा क्रियाशिल बनाइ समाजमा व्याप्त अराजकता र राज्य विहिनताको स्थितिको अन्त्य गरियोस् ।

 

· बजारमा व्याप्त अभाव कालो बजारी र अवान्छित मुल्यवृद्धि नियन्त्रण गर्न तत्काल उपयुक्त कदम चालियोस् ।   

 

उच्च राजनीतिक सोच र विगतकाभन्दा पृथक् कार्यशैलीले मात्र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने जग निर्माण गर्छ साथै जनतामा बढिरहेको निराशालाई पत्यारिलो निकास दिन्छ । यस्ता सोच र कार्यशैलीबाट समाज र राजकीय तहमा विकासको निम्ति चाहिने थप उर्जा र साधनसमेत प्राप्त हुन्छ । यी कार्यहरुको सफलताले मात्रै नेपाललाई सही अर्थमा नयाँ बनाउन मद्दत गर्नेछन् । सर्वसाधारणले दैनिक जीवनमा तात्विक परिवर्तनको अनुभुति गर्न पाउन् आफ्नो भविष्यबारे आश्वास्त हुन सकून् र माओवादी नेतृत्वको सरकार सम्मोहक नाराले मात्र होइन वास्तविक कामले नै नयाँ बनोस् भन्ने शुभकामना लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको रहेको छ ।   

 

 

 

लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका तर्फबाट 

१९ असोज २०६५

 

_________________________________

Read Full Discussion Thread for this article