Posted by: focusnepal October 4, 2008
शिक्षक-विद्यार्थी सम्बन्ध
Login in to Rate this Post:     0       ?        

October 4, 2008

शिक्षक-विद्यार्थी सम्बन्ध

कम्युटरमा जोडिएका धेरै जिज्ञासु विद्यार्थीले थुप्रै नयाँ कुरा लिएर आउँछन् । यस तहका विद्यार्थीलाई धेरैभन्दा धेरै कुरा जान्ने चाहना छ । अर्काथरी ुपर्यटक विद्यार्थीु छन् । उनीहरु यसो बार मिलाएर आउँछन् । र तेस्रोथरी विद्यार्थीलाई न पढ्नु छ न जान्नु छ । उनीहरुलाई सिर्फ पास गर्नु छ ।

प्रा डा विद्यानाथ कोइराला
हिजोका विद्यार्थी शिष्यको व्यवहार गर्थे । आज अनुशिकीको व्यवहार गर्न खोज्छन् । शिष्य पत्याउँछ अनुशिकी प्रश्न गर्छ । त्यसैले शिक्षक र विद्यार्थीको सम्बन्ध हिजोभन्दा आज फरक भएको छ । हुन्छ पनि । म त भन्छु हुनु पनि पर्छ । किनकि अहिले विद्यार्थीसामु ज्ञान आर्जन गर्ने अनेकन स्रोत छन् । कम्प्युटर एउटा स्रोत हो पुस्तक अर्को स्रोत । साथीहरु तेस्रो स्रोत हुन् । त्यसले गर्दा विद्यार्थीले शिक्षकलाई सम्मान नै गर्नुपर्छ भन्ने रहेन अब ।

सम्माननीयको ठाउँ कम्प्युटर र किताबले लिए । त्यसले गर्दा सम्मान पनि बाँडियो । दीक्षा दिने शिक्षक काम लाग्न छोडे । शिक्षा दिनलाई चाहिने आवश्यक ज्ञान शिक्षकले पनि बनाइरहन सकेन । अर्थात् उसले अनुसन्धान गरेन । थप किताब पढेन । कम्प्युटरका सीप सिकेन । त्यसैले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध त्यति सुमधुर हुन सकेन ।

उच्च माध्यमिक र माध्यमिकको पठनपाठन र मनोविज्ञान एकअर्कासँग अन्तरसम्बन्धित भएन । विद्यालयमा विद्यार्थी शिक्षकको नियन्त्रणमा बस्यो । उच्च माध्यमिक या क्याम्पसमा आएपछि शिक्षकलाई नियन्त्रण गर्न खोज्यो । त्यही शिक्षकले आफ्नो हक खोज्यो । विद्यार्थीले नयाँ राज्य खोज्यो । त्यसले गर्दा अनुशासनको समस्या भइरह्यो । यसको समाधानका लागि विद्यार्थी आफैंले कक्षैपिच्छे आफ्ना निम्ति आचारसंहिता बनाउने । शिक्षकले पनि त्यसै गर्ने । यसो भयो भने समस्या समाधान हुन्छ । यो कुनै गाह्रो कुरै होइन ।

हिजोका विद्यार्थीका पढ्ने बुझ्ने चिन्तन शैली क्षमता र अहिलेका विद्यार्थीमा धेरै अन्तर छ । यसो हुनु स्वाभाविकै हो । हिजोका विद्यार्थी खरदार हवलदारको जागिर पाइन्छ भन्ने नाउँमा पढ्थे । कारण के थियो भने त्यतिखेर आजजस्तो रोजगारीको विकराल समस्या थिएन । पढेपछि जागिर पाउँथे ।

हिजोका विद्यार्थी पढ्न एकदम इच्छुक थिए । तर सोचाइको क्षितिज भने साँघुरो थियो । अघि नै भनेँ नि उनीहरुको पढ्नुको उद्देश्य नै जागिर थियो- खरदार हवलदारको । तर आजका विद्यार्थीमा भिजन ठूलो छ । उनीहरुको सोचाइको आकाश धेरै फराकिलो छ । मैले हिजो र आजका विद्यार्थीमा देखेको तािŒवक अन्तर उनीहरुका आँखाले देखेको आकाश नै हो ।

Read Full Discussion Thread for this article