Posted by: Nepe October 3, 2008
Best of Narayan Gopal
Login in to Rate this Post:     0       ?        

हुन त यो भनिरहन पर्ने कुरा होईन, आफै स्पष्ट कुरा हो । तर पनि नारायणगोपाल नारायणगोपाल भनिरहदा हामीले के बुझ्नु पर्छ भने हामीले उनको स्वर, गायन र गीत चयन गर्ने कलाको तारीफ गरिरहेका हौं । Lyrics का शब्दहरुका हकमा भने हामीले नारायणगोपाल नारायणगोपाल भने पनि हामीले नारायणगोपालको होईन कि हामीले नाम नलिएका वा नाम थाहा नभएका गीतकारहरुको नाम लिएका हौं, वास्तवमा । हगि ?

 

त्यस अर्थमा यसो गीतकारहरुको, थाहा छ भने नाम लिदा, थाहा छैन भने जिज्ञासा राख्दा गीतको एक पूर्ण पारखी होईन्छ । कि कसो ?

 

आफ्नो मुटु निचोरेर गीत लेख्ने गीतकार, तर नाम भने गायकले मात्र पाउने कुरा पूर्ण न्याय भएन के ।

 

गीतकारको पनि नाम लिम् साथी हो, गीतकारको पनि ।

 

राममान तृषित, हरिभक्त कटुवाल, भूपि शेरचन, रत्न समशेर, काली प्रसाद रिजाल आदि आदिका नाम पनि उच्चारण गरम् ।

 

Nepe

Read Full Discussion Thread for this article