Posted by: Nepe October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

मेरा एक समनामी मित्र र अत्यन्त प्रतिभाशाली गजलकार, दीपक जडित, को एउटा तात्तातो अन्यथा अप्रकाशित गजल चौतारीमा बाँड्दैछु चौतारीका समस्त औतारीहरुलाई, दशैंको औत्सविक अभिवादन र शुभकामना सहित,

 

Nepe

 

 

गजल

दीपक जडित

 

न छेक्न सकियो न थुन्न, लौ हेर बडादशैँ आयो ।

घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैँ आयो ।

 

नहुने सँधै रित्ता छन् उधारो खुशी हो दु:खको,

हुनेकै त छ ठाँट् र बाँट् गज्जब तगडा दशैं आयो ।

 

शिकारको जोहो, दक्षिणा, पाहुनापासा, ज्वाँईचेला

पुर्‍याउनु टार्नुकै छ धौ कस्तो लफडा दशैं आयो ।

 

राजधानी छट्पटीएकै छ काकाकुल प्यास बोकेर

पहाडमा पनि त तिर्खा खप्दो छ घडा, दशैँ आयो ।

 

जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक ?

ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा, दशैं आयो ।

 

साभार: http://groups.google.com/group/nepalighazal/msg/df71328a6d52793c?hl=en

 

Read Full Discussion Thread for this article