Posted by: Nepe October 2, 2008
चुकुल
Login in to Rate this Post:     1       ?         Liked by

एक परिपूर्ण कथा ! दीपको अहिलेसम्मकोमा सर्वोत्कृष्ट, मेरो विचारमा ।

 

दुई अस्तित्व बिच रहेको बन्द ढोका जहिले पनि मार्मिक कथाका उपकरण रहेका छन् । मलाई अहिले कलेज जीवनमै पढेको दुईवटा कथाको याद आउँदैछ, एउटा भीमनिधि तिवारीको नाम बिर्सेको कथा (एक विधवा र मास्टरको कथा थियो नि) र अर्को तोल्स्तोयको “Father Sergius”.

 

तिवारीको कथान्तमा एक पुजारत डेरावाल मास्टरको बन्द ढोका बाहिर उभिएकी विधवा घरपेटीको अनिर्णित क्षणको मार्मिक टिप्पणी थियो भने तोल्स्तोयको कथाको मध्यमा एक एकान्तवासरत पादरीको खोपीमा जानी जानी पुगेकी एक पानीले रुझेकी नगरवधुको अर्धधुर्त पुकारा र पादरीको अन्तर्द्वन्द बिचको बन्द ढोका र दुबैको जीवनलाई उल्टोपाल्टो गरिदिने उघेराई छ ।

 

तोलस्तोयको कथा यहाँ छ । मैले उल्लेख गरेको दृश्य चाही भाग ३ को हो ।

 

http://www.online-literature.com/tolstoy/father-sergius/

 

दीपको कथा र तिवारी र तोल्स्तोयको कथा सम्झेर सोचमग्न र तृप्त भएँ ।

 

Nepe  

 

 

Read Full Discussion Thread for this article