Posted by: Deep October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

शोभाभगबती, इन्द्रायणी, अनि तलेजुको याद चै नवमीमा आउँछ मलाई। नरदेवी --परोपकार हुँदै लागिन्थ्यो ओरालो आँखा जुधाउँदै--कहिले आफु घाईते भैइन्थ्यो त्यस्ता जुधाईमा कहिले उनीहरु हुन्थे -- होलान भन्छु अब -- निर्क्योल गर्न सधै जस्तो उही भ्याई नभ्याई।

अनि, माहाकाल संकटा पनि नपुग्ने त कहाँ हो र? ती साना गल्लीहरु बाट संकटाको ठुलो चोक पुग्दा गुम्स्याईबाट मुक्त भए जस्तो त लाग्थ्यो तर तरुनीहरुको बन्धनबाट भने उम्कन कहाँ सकिन्थ्यो र? एउटाको बन्देजबाट उम्कियो अरुहरुकोमा पर्यो। त्यस्तै थ्यो। भद्रकाली पनि पुगिन्थ्यो।

कुहिरोको शित अनुभब गर्दै दखिनकाली पनि जानै पर्यो। खुवा चाख्नै पर्यो। चिया नास्ता गर्नै पर्यो। त्रिभुवन बोर्डिङ्ग-- शेशनारयन, चाल्नखेल् -- सबै छुटे जिम्माल।

ए अनि अभिबादन गर्नेहरुलाई अभिबादन अनि स्वस्ती पनि है। अभिबादन नगर्नेहरुलाई चै स्वस्ती मात्रै।

Last edited: 02-Oct-08 10:00 AM
Read Full Discussion Thread for this article