Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
प्रभोलाई मैतिदेविको सम्झना आएको रहेछ, मलाई चाहिँ हिजो शोँभाभगवतीको आएको थियो आज चाहिँ संकटाको आएको छ। आरएनएसिको पछाडि पट्टि बाट संकटा छिर्ने साँघुरो बाटोमा दुबै तिर चप, माल्पा, चिया र ग्वारमरीको पसल छ। चिया पनि हुने माल्पा पनि हुने र नौरथाको झिलिमिली पनि हुने। पूजा गर्न आउने आमाहरु, दिदीहरु, हजूरआमाहरु, फुपुहरु र भाउजुहरुका, छोरीहरु, बहिनीहरु, नातिनीहरु, भदैहरु र नन्दहरुमा एक किसिमको पवित्रता, कन्चनता, कौतुहलता र अरु निकै ता हरुले मिठोसंग तान्थ्यो प्रभो! दशैँको काठमान्डौको बिहानको गन्ध, तापक्रम र पातलो घाममा यिनै जिवीत देविहरुलाई हेरेर मनमनै संकटामाईसंग पनि कयौँ प्रार्थना गरियो, कयौँ भाकल गरियो र जीवनको अल्लारे उमेरमा एकछिन खुसि पनि भइयो!
Read Full Discussion Thread for this article