Posted by: Birkhe_Maila October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
सिन्कि छ र हर्केकोमा???
कि आफैँले बनायौ? आफू त घरमा बसिन्न गरिप परियो, सिन्कि बनाउनलाफ माटोमा गाड्न पर्छ ठाउँ छैन!

सिन्किको अचार बनाउने तरिका--

चाहिने समाग्री-
१) एक सानो कचौरा  सिन्कि (चुँडेर वा काटेर साना टुक्रा बनाउने र ओखल भए ओखल नभए केहि ठाउँमा राखेर थिच्ने, अलि अलि थेप्चो पार्ने क्या)
२) तोरीको तेल २ चम्चा
३)हरियो खुर्सानी ३-४ वटा पिसेको
४) नून स्वाद अनुसार
५) बेसार
६)मेथी केहि गेडा
७)केहि पानी

बिधी-
१) कचौरामा रहेको सिन्किमा पानी हालेर करिब १० मिनट जति भिजाऊने।
२) पानी निचोरेर फाल्ने
३) सिन्किको अमिलो र अजिब गन्ध हुन्छ। अजिब गन्धमा मुख ठुस्स पार्ने र अमिलो गन्धमा मुखमा पानी ल्याऊने।
४)नून बेसार र पिसेको हरियो खुर्सानी र एक चम्चा तोरीको काँचो तेल हालेर मजाले मल्ने।
५) एउटा भाँडामा बाँकि एक चम्चा तेल तताउने र मेथिका गेडा कालो कालो नभएसम्म पड्काउने
६) त्यो मेथि सिन्किको अचारमा झ्वाइँयsssss पार्ने र सररर चलाऊने।
७) सिन्किको अचार तयार भयो
८) फूलमायालाई फोन गर्ने र " सिन्कि अचार भन फूलमाया के छ बिचार" भन्ने गित गाउँदै खाने।

Read Full Discussion Thread for this article