Posted by: Deep October 1, 2008
Login in to Rate this Post:
0
?
मलाई अस्ति देखि अशोक भट्टराईको दु:खद अन्त्य सम्झेर एक दम दिक्क लागि राछ। हुन त मैले उनलाई ब्यक्तिगत रुपमा चिनेको थिएन। तर उनले जस्तै रहरहरु बोकेर कुनै बेला परदेशिएको थिएँ म पनि। आमा बाउ माथि त बज्रपात नै परेको छ। त्यसमाथि दशैको बेला। कस्तो नरमाईलो।
एक दुई दिनमा हामी आ-आफ्नै नियमित जिन्दगीको समय तालिकामा ब्यस्त हुन्छम तर अशोक? आफ्नो जिन्दगीलाई भन्दा छोरालाई बढी माया गर्ने उनका बाउ आमा? अशोकका आफन्तहरु? साथीहरु?
हामीले यस्तो माया गर्ने जिन्दगी हामी सँगै किन यस्तो क्रुर हुन्छ?