Posted by: khalisisi September 30, 2008
सजाय दे दैब
Login in to Rate this Post:     0       ?        
मुस्सूओरी काउन्टी मा अशोक भट्टराई को ग्यास् station मा एक हत्यारा ले राईफल प्रहार गरी भएको हत्यपछी ९/२९/२००८ सजाय दे दैब जीवन र मरड को बिच हुने त्यो झिनो रेखा, जबर्जस्ती मेटाइदिने त्येस् नरभक्छी लाई// एक आमा को कोख आँखै नझिम्क्याइ रित्त्याइदिने, निरन्कुश तेस पापी लाई// एक बाबु को मन, अब कहिले हर्शित नहुने गरी फुटाइदिने, तेस निस्कर्मी आघोरी लाई// छोरा को शरीर लाई दशै को मुख्यान्जी दागबत्ती दिन वाध्य गराउने, तेस लुटेरा गिद्द लाई// आधा पनि नबलेको साथी को दियो रुपी जीवन, गोली हनी फुकिदिने त्एस लाछी लाई// आफ्नो नशा को निम्ती कयौ मुटु कचक्क कुल्चिदिनेलाई, तेस तामसी चोर् लाई// साजये दे भगवान आज, मेटाइदे त्एस धर्ती को बोझ लाई// हावा बनी अाइज अनी उडा तेस्लाई कसिङर जस्तै, या रुप बद्लेर अाइज अनी निलिदे त्एस्लाई आजिङर जस्तै, या अाइज काली को आवतर लिएर, तेस्को मुटुले आफ्नो प्यास मेटाइदे// या अाइज बाढी बनी, र त्एस्को फोक्सोभित्रबाट प्राड निकली आफुलाई बहाइदे// अनी त्एती पनि गर्न सक्दैनस भने ए कठोर, त्येस्ता हत्यारा लाई मेरा सामु उभ्याइदे अनी एक खून माफ गराइदे// अशोक र उजस्तै बिदेशी माटोमा आकल मै जीवन गुमएका नेपाली हरुप्रती समर्पित | अशोक को आत्मले चीर शान्ति पाओश|
Read Full Discussion Thread for this article