Posted by: Birkhe_Maila September 30, 2008
how to make Masaura's ...
Login in to Rate this Post:     0       ?        

पुन्टे बुढाले भन्दा मिठो मस्यौरा पकाउने तथा खाने तरिका:

 

चाहिने सामाग्री-

१) एक कप मस्यौरा

२) दुइ तिनवटा आलु

३) आधा प्याज मसिनो गरेर काटेको

४) ४ वटा जति मध्यम साइजका गोलभेँडा (गोलभेँडाले अलि अलि अमिलो हो कि जस्तो मिठो टे्स्ट दिन्छ)

५) जिरा, धनिया इत्यादिको धुलो भन्नाले मसलाको धुलो १ ठुलो चम्चा।

६) अदुवा लसुनको पेस्ट एक चम्चा।

७) तेल २ ठूलो चम्चा

८) घ्यू वा बटर ५ ठूलो चम्चा ( मस्यौरा भुट्नको लागि)

९) नून चहिएजति।

बिधी-

१) आज मस्यौका पकाउने भनेर मख्ख परेर जोशिने

२) मुसुक्क हाँस्ने र भान्सामा जाने

३) एउटा भाँडो तताएर त्यसमा घ्यू वा बटर हाल्ने।

४) घ्यू तातेपछि मस्यौरा हाल्ने र चलाउँदै भुट्ने।

५) मस्यौराको बास्ना आउन थालेपछि झन छिटो छिटो एकछिन भुट्ने र रातो रातो भएपछि डढ्नु भन्दा अगाडि मस्यौरालाई झिकेर एउटा

भाँडामा राख्ने र अलिकता नून छर्कने। (नोट: भुटेको मस्यौरा पाक्यो कि पाकेन भनेर क्वाप्प मुखमा हालिहाल्न हुँदैन तातो मस्यौरा जिब्रोमा परेर झ्वाइँSSSSSय गर्ने सम्भावना रहन्छ।)

६)त्यहि भाँडोमा बाँकि रहेको घ्यूमा तेल हाल्ने र तातेपछि प्याज हाल्ने।

७) हल्का रातो  भएसम्म प्याज भुट्ने र त्यसपछि आलुका टुक्रा हालेर २-३ मिनट जति चलाउने।

८) नून, बेसार र अदुवा लसुनको पेस्ट हालेर १-२ मिनट चलाउने ।

९) मुसुक्क हाँस्ने।

१०) अब अघि झिकेको मस्यौरा चाख्ने  बेला भयो, एउटा क्वाप्प मुखमा हाल्ने र झुरुम झुरुम चपाउने र एकछिन मख्ख पर्ने।

११)मस्यौरा चपाउँदै चलाउने र मसलाको धुलो हाल्ने।

१२) गोलभेँडा हालेर फेरि चलाउने र अलिकता पानी पनि हाल्ने यदि तरकारि भाँडोमा लाग्न लागेको जस्तो भए।

१३) आलुको तरकारी लगभग पाकिसकेपछि अलिकता पानी हाल्ने र फत्कन थालेपछि मस्यौरा हालिदिने।

१४) एक पटक सरर चलाउने पानी हाल्ने छिपछिपे अथवा लेसाइलो(ग्रेभि) कस्तो मन पर्छ त्यस अनुसार पानी अडकल्ने र छोप्ने र

मुसुक्क हाँस्ने।

१५) मस्यौरा भिजेपछि तरकारि तयार भयो।

मस्यौरा खाने तरिका:

१)भात संगको गाँसमा वा चम्चाले त्यत्तिकै खाँदा एक पटकको गाँसमा एउटा मस्यौरा,आलु,र ग्रेभि संयुक्तरुपमा आएको हुन पर्दछ।

२) मस्यौरा खाँदा ठुस्स पर्न हुँदैन मख्ख पर्न पर्छ, अर्थात :( गर्न हँदैन :डि गर्न पर्छ।

३) अरुलाई आफूले बनाएको मस्यौरा चाख्न दिएको बेलामा चाहिँ कस्तो बन्यो होला भनेर :पि गर्नु पर्छ।

धन्यवाद्।

Read Full Discussion Thread for this article