Posted by: Nepe September 30, 2008
Hello from Korea
Login in to Rate this Post:     0       ?        

धर्कोजी, तपाईको विचार र सुझाव सुनेर बडो खुशी लाग्यो । नेपालमा ग्रामीण पर्यटनको आर्थिक आवश्यकता र सम्भावना टन्नै छ । आखिर हामी गाउ नै गाउको देश न हौं । ग्रामीण पर्यटनका केही पहलकदमी र प्रेरक प्रगति सुन्नमा आउँछन् । मेरो छेवैको मैले कल्पना नगरेको गाउँमा एउटा रिसोर्ट मजाले चलिरहेको छ । तर मैले भनेको ग्रामीण एक्जोटिका भने दृश्यावलोकनमा मात्र सिमित छ । खानपिन र निवासमा समेत (निश्चय नै आधुनिक स्वाद र आवश्यकता हेरी केही परिमार्जन सहित) त्यो तत्वको प्रयोग तर्फ भने हामी रचनात्मक हुन सकेका छैनौ अझै । त्यसको लागि तपाईले बटुल्नु भएको जस्तो अनुभवहरु साह्रै उपयोगी हुनेछन् । बाँड्दै जानुहोला ।

 

मेरो छिमेकी गाउँको रिसोर्ट:

http://www.balthalivillageresort.com/

 

 

अन्य ग्रामीण पर्यटन:

http://www.hotelnepal.com/nepal/program.php?pro_id=29

 

Read Full Discussion Thread for this article