Posted by: rakeshkarki September 30, 2008
Login in to Rate this Post:
0
?
गजल- किन फाटी गयौ
राकेश कार्की
लस् एन्जेलस्
बादल झैँ उड्दा उड्दै किन फाटी गयौ
एकैछिन जुधाई चंगा किन काटी गयौ
पर्खी बसेँ उँही सधैँ घडी हेरी हेरी
फर्किन्छु पक्कै भनि किन ढाँटी गयौ
छामी हेरेँ छाती मेरो अझै नै न्यानो
तडपाउने मुटु यस्तो किन साटी गयौ
गुलीयो नुनीलो स्वादीलो अहा भन्थ्यौ
लाको माया मीठो भए किन चाटी गयौ