तर पनि हामी यो सत्यलाई निकै शिष्टाचारले छोपि रहेका थियौ । हामीलाई नाङ्गो सत्य लुकाउनु थियो, छोप्नु थियो । ……………………….
उ र म एउटै कोठामा थियौ । ढोका लागेको थियो, लक पनि । न म उसको प्रेमी थिए, न उ मेरी । हामी त्यहां कारोबार को लागि उपस्थित थियौ, जुन उसले आफ्ना लुकाएका आवश्यकता को लागि गर्दै थिइ, म आफ्ना ।
सांझ बिदा भईसकेको थियो । त्यो रात मेरो थियो, मैले किनेको । काठमाण्डौका देवता हरु सबै सुति सकेका थिए । संगै म भित्र को देवता पनि । म पू्र्ण मान्छे थिए, जहां मेरो सोचाई र कर्ममा देवताको लेप लाग्दैन थियो । शुद्ध लोग्नेमान्छे ।
रातले मादकता ल्याएको थियो । म उसलाई प्रश्न हरु सोध्दै जान्थे, एक पछि अर्को । जुन प्रश्नहरु को कुनै औचित्य थिएन । उ सबै उत्तर झुठा दिन्थी, मधुरो मादकता मिसाएर । म लठ्ठ हुदै जान्थे । हामी नजिकिदै गयौ । रात छिप्पिदै गयो । हाम्रो ब्यबहार पनि ।
उ स्त्री थिई । म पुरुष । उ अथाह संसार लाई समाउने क्षमता राख्दथी । म भोग गर्ने । तर पनि हाम्रा कति मान्यताहरु छन् । जसलाई तोड्न हामी सक्दैनौ । हाम्रो समाज एक दिनमा परिवर्तन हुदैन र हुन खोज्यो भने हामी त्यसलाई हुन दिदैनौ । म नै दिन्न । यो बास्तबिकता हो । हाम्रो सम्पति यहि हो । हाम्रो आदर्श यहि हो । युगौ देखि अर्जेको हाम्रो पहिचान यहि हो । अनि, एउटा सानो आवश्कताको लागि हामी किन हामीलाई गुमाउँछौ र ! बरु, लुकि छिपि हामी नियम हरु नाघी दिन्छौ । समयसँगै, बिचार सँगै उम्रेका रहरहरु पूरा गरेर ढिलो चाँडो हामी फर्किन्छौ हाम्रा मान्यताहरुमा । मलाई थाह छैन, भोली हाम्रो मान्यता के हुन्छ । आजको सत्य यहि हो । मेरो सत्य यहि हो । म यसै मा छु ।
काठमाण्डौका देवता हरु सुर्योदय अगाडि नै उठिसकेका थिए । म भित्र को देवता ले मलाई उठायो ।
उ सुतिरहेकि थिई । निश्चल, निर्मल । मैले उसमा कुनै दोष देखिन । कुनै छल देखिन ।उसले मलाई सुखी बनाई । म त्यो रात को मीठो सम्झना लिएर हिड्न लागे । अफ्ठ्यारो मानेर उसले अलि ढिलो जान मिल्छ भन्ने अनुरोध राखी ।
हो, मलाई त्यही क्षण उ प्रति अथाह माया लागेर आयो । मैले उसंग रात बिताई सकेको थिए । माया र सेक्स एक अर्कासंग निहित हुन्छन् । एउटा बिना अर्को अपुरो हुन्छ । तर पनि, यदि, सेक्सलाई पूरै हटाएर संसारमा माया संम्भव छ भने, मलाई त्यो क्षणमा त्यस्तो माया लागेर आयो, बबिता प्रति । a tiny feeling of love where there is no existence of sex. मेरो उसंगको रात भरिको संसर्ग म बाट एक भुगोल पर भयो, त्यो निमेषमा र माया जागेर आयो । मलाई आफ्नो धरातल र कर्म प्रति पहिले चोटि अफ्ठ्यारो लाग्यो ।
उसले किन एक छिन ढिला जाउँ भनेर भनि, मलाई स्पष्ट थियो । उ लोग्ने मान्छे थिईन । म लोग्नेमान्छेको प्रतिनिधि थिए । महरु बाट उब्जेको ब्यबहार देखियो । यदि आवश्कताहरु दुबै को भए, हाम्रा मान्यता छिट्टै परिबर्तन हुन्छन्, हुन पनि पर्छ । तर आबश्कता र बाध्यता को बिचमा मैले कारोबार गरे जस्तो भयो मलाई राम्रो लागेन । यो नहुन पनि सक्थ्यो । तर मेरो अनुमानले मलाई पिरोल्यो ।
बिचारहरु कति सापेक्षिक हुन्छन, रातको अघिल्लो कुनामा मलाई मीठो लागेको मेरो मान्यता झिसमिसेमा खल्लो लाग्यो । बबितालाई यो मान्यताको स्वाद एउटा होला । अर्को लोग्ने मान्छेलाई अर्को । बिवाहित लाई एउटा, नारीलाई अर्को ।
चिया संगै उ बिदा भई । म पनि ।
मलाई बबिताको बारेमा जान्न मन लाग्यो । मलाई बबिताको नाम जान्न मन लाग्यो । मलाई बबिता को हो जान्न मन लाग्यो । मलाई बबिताको सत्य जान्न मन लाग्यो । किन उपलब्ध भई उ मेरा लागि, महरुका लागि । मनले नचाहेको भएपनि उसले आफुलाई पस्की, महरु सामु । यो पनि हुन सक्छ, उसले महरु लाई खोजि । मेरा जस्तै उसका पनि आवश्कता हरु जागे । जे पनि हुन सक्छ । तर मेरालागि यो दुई मा के हो भनेर जान्न जरुरी भयो । कारण दोस्रो हुँदा मलाई ढुक्क हुन्थ्यो । बिचार हो, म उसंग को समयलाई मीठो सम्झनाको रुपमा राख्ने थिए । अनि उसले पनि शायद । तर होईन, यदि कारण पुरै पहिलो भए, म आफुलाई त्यहि हुलमा भएको पाउँथे, जहां म जस्ता कयौ महरु यौवन किनि रहन्छन । जहां कयौ बबिताहरु आर्थिक आवश्कता को नाम संगै आफ्ना रातहरु बेचिरहन्छन । यो काठमाण्डौं हरु को सत्य हो । यो महरु को सत्यो हो । यो बबिताहरु को सत्य हो ।
त्यो बेला त्यस्तै भयो । दैनिकि ले छोप्यो । बिचार त्यसै सेलाएर गएको थियो । फेरि मैले रात बिताएकि केटिको सोधिखोजि दिन मा गर्न मलाई मेरो प्रतिष्ठाले कहां दियो र !
माईक्रोमा उसलाई देखेको दिन त्यसै बित्यो । हप्ता बित्यो । महिना हुन लाग्यो । तर पनि उसलाई देखेपछि, पुराना जिज्ञासा फेरि जान्न मन लाग्यो । एकदिन उहि पुरानो साथीलाई फोन लगाए । बबिता को बारेमा जान्न मन लाग्यो । उसैले भन्यो । बबिता ले काम छोडि रे । फोन न. पनि छैन रे । ४ महिना भयो रे, उसले कामछोडेर मलेशिया गएको । साथीले नै भन्यो । यहां मोज गरी, मलेसिया गई । यहि निचोड दियो उसले बबिता को ब्यक्तित्व लाई । मैले सुने । सुनि रहे । मलाई अप्ठ्यारो भयो । मेरो अधुरो अनुमान, लगभग सत्य भएको थियो । उ यहि शहर मा थिई । र पनि उसको बबिता भन्ने ब्यक्तित्व मलेशिया पठाई । काठमाण्डौमा यादहरु छोडेर । यो उसको सत्य हो ।
‘बबिता भन्दा राम्री छे, genuine, जान्छस त??’
साथीले झस्कायो ।
म आधा सत्यमा थिए । मैले हुन्छ पनि भनिन हुन्न पनि !!!
यति नै !
meaninglessthinkings@somewhereondearth