Posted by: dipika02 September 26, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ लौ न मेरो आँखा तगडा छ के, त्यसरी बोल्ड मा अझ उन्डर लाईन गर्नु पर्छ त बुढा? झन बिहान दाइलाई चिया चाहिन्छ भनेर हतार हतार भन्सा मा लाग्यो अझ उल्टो तेत्रो अक्षरमा पो मेरो नाम। जे गरे पनि जस छैन यो संसारमा। लौ आज त मेरो अन्तिम दिन हो साझामा आउने, पर्सी हिंड्नु पर्छ। धेरै चिलिम तान्ने होइन नि, भन्देकी छु, ओठ सबै कालो भईसक्यो, फोक्सो को के हालत छ कुन्नी? अब पुग्यो हजुरलाई चिलिम सिलिम, है?

बौचा मैले खोइ म सोझो भनेको? त्यतिकै आफु त्यसो भन्दै हिड्छ  कती निहु खोज्न सक्ने होला यो मान्छे भने। म सँग मात्रै हो र? सबै सँग, यसै माइला दाई ले बिराट को जस्तो थुतुनो भन्नु भएको छ र
ल जे भएपनी साथी मिले काठमाडौं मा नमिले जहिले मिल्छ तहिले भेटौँला। झगडा नगरि बस

चिप्लु हजुरको हात्तीसुढेँ कप सम्झिराछु है मैले। अब बिहान सानु ले चिया लेराउनु हुन्छ। चिया सँग अरु पनि लेराउ नभन्नुस् है, बिचरी सानु लाई  भ्याइ नभ्याइ छ, धन्न चिया भने पनि लेराउनु हुन्छ। कहिले काही मामा ले पनि लेराउनु हुन्छ चिया, उहालाइ पनि धेरै दु:ख नदिनुस् है

स्पोकन, त्यो चिया सबैलाई हो नि। मैले चिनेको र नचिनेको भनेर खोइ छुट्याको। चौतारीमा आएपछी सबै चिनेको मै गनिन्छ स्पोकन। 

Read Full Discussion Thread for this article