Posted by: database September 25, 2008
नेपाली काङ्रेसको अन्तिम सन्स्कारको तयारी
Login in to Rate this Post:     0       ?        

सूजाता कोइराला महामन्त्री !

राजनीतिक यात्राका साथै जीवनलिला अन्तिम अवस्थामा पुगेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला आफु मर्नु अगाडि कांग्रेसको राजनीतिमा आफ्नी एक मात्र छोरी सूजाता कोइरालालाई स्थापीत गराउने शड्यन्त्रमा लागेका छन । नेपाली नागरिकता नै त्यागेर विदेशीसंग विवाह गरेतापनि सधै आफ्ना बाबु सत्तामा रहेको प्रभावको दुरुपयोग गर्दै सूजाता जोष्टवाट कोइरालानै कायम रहेर एक पटक विनाविभागिय मन्त्रीको रुपमा छायां प्रधानमन्त्री बन्न सफल सूजाता संविधान सभा सदस्यमा लज्जाजनक पराजय भएपछि मुल राजनीतिवाट आउट हुन लागेपछि कोइरालाले उनलाई कांग्रेस मार्फत राजनीतिमा टिकाइ राख्न खाली रहेको महामन्त्री पदमा स्थापीत गराउने शड्यन्त्रमा लागेका हुन ।
अझ रोचक कुरा के भने महामन्त्री रहेका डा रामवरण यादव राष्ट्रपतिमा निर्वाचीत भए लगत्तै खाली रहेको महामन्त्री पदमा सूजातालाई ल्याउनुपर्छ भनेर लाग्नेहरुमा डा मिनेन्द्र रिजाल डा नारायण खड्का र बौद्धिक नेता मानिने प्रदिप गिरी समेत रहेका छन ।

सुजाताको पक्षमा लागेका यि तीनैजना नेता शेरबहादुर देउवा पक्षका नेताहरु हुन । उनीहरुको यो आश्चर्यजनक यु टर्नलाई कांग्रेसीहरु भने संसदिय दलको नेता बन्ने देउवाको चालको रुपमा हेरिरहेका छन ।

Read Full Discussion Thread for this article