Posted by: serial September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हे बिष्ट मुनी, चौतारी का मेरुदण्ड, कसरी भने - एस चौतारी भुमी तिम्रै सन्तती ले भरिएको छ। हे ज्ञान गुण का अथाह सागर, मलाई स्वयम्भु को बाँदर देख्ने तिमी पनि पसुपती कै छेउ छाउ कै हो - भन्दा तिमी पसुपती को बाँदर हो भनेर भन्न परेन होला। म अरु के बर्णन गरौ, गर्नु पर्ने सबै काम तिमी स्वयम बाट भएको छ। हे बयोब्रिद्द मुनी, कुप्रे अर्थात सेमी सर्कल आकारको जिउ बाट धनी मान्छे का सम्धी तिमीलाई देख्दा म सोचमा पर्छु कि हड्डी मासुमा टाँसेको हो कि मासु हड्डी मा।
अस्तिन बागमती मा स्नान गरेर - महादेव सामु गएर - एउटा सुन्दरी बिहा गर्नु पर्‍यो भनेर तपस्या गर्दा महादेव खुशी भएर - तिमीले बिहा गर्ने सुदरी माथिको बन मा बिचरण गरिराखेको छ भन्दा, मन्दिर अगाडि रहेको दुइटा साँढे मरी मरी हाँसेको हाम्राइ यि कान ले सुनेको अनी आफ्नै आँखा ले देखेको हो। हे मुनी, हामी नभ्एको कुरा भन्दै भन्दैनौ अनी भएको कुरा हामी नभनी बस्ने त कुरै भएन भनेर बिचार  ब्यक्त गर्न चाहन्छौ। 
Read Full Discussion Thread for this article